सरकारले एकै साथ ३५ भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । ती सहसचिवहरुको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेको जनाइएको छ ।
बिज्ञापन
मन्त्रालयका अनुसार एक दर्जन बढी प्राविधिक र २५ भन्दा बढी प्रशासनतर्फका सहसचिवहरु सरुवा गर्न प्रस्ताव क्याविनेटमा पुगेको छ । जसमा केही मन्त्रालय,केही विभाग,प्रदेशका सहसचिवहरुको सूची रहेको बताइएको छ ।
बिज्ञापन
सो प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेपछि मन्त्रीहरुको राय सुझाव लिएर मुख्य सचिव एकनारायण अर्यालले सूची प्रमाणीकरण गर्नेछन् ।