१६९ स्थानीय तहमा हाकिमको खडेरी,कृषि,शिक्षा,स्वास्थ्यका कर्मचारीलाई निमित्तको जिम्मेवारी

गत बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ढोकामा लगाएको ताला फोडेर कार्यकक्षमा प्रवेश गराइयो । बालेन साँचो बोकेर बेखवर भएपछि गुरागाईंलाई कार्यकक्षमा प्रवेश गराउने बैठकको नेतृत्व उपमेयर सुनीता डंगोलले गरिन् ।

बिज्ञापन

पुरानो बसपार्कस्थित काठमाडौं टावरलाई १९ तलाको बनाउन स्वीकृति दिएको आरोप लगाउँदै बालेन स्वयम्ले गुरागाईंलाई कार्यालयमा टेक्न निषेध गरेका हुन् । सोही कारण तीन महिनादेखि काठमाडौं महानगरका शिक्षकसमेत गरी करिव तीन हजार ६ सय कर्मचारीले तलब खान पाएनन् । केन्द्रीय राजधानी रहेको काठमाडौं महानगरमा यस्तो भाँडभैलो चलिरहेका बेला मुलुकभर स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको स्थितितर्फ भने राज्यको ध्यान मोडिएको छैन ।

बिज्ञापन

देशभरका १६९ स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतको पर्खाईमा छन् । सेवाग्राही फाइल बोकेर तल रिंगिरहेका छन् । कार्यालयको मुख्य हाकिम नहुँदा बजेट निर्माण र कार्यान्वयनको कामसमेत ठप्प छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अभिलेखअनुसार सुदूरपश्चिम प्रदेशमा मात्र ४२ वटा स्थानीय तह प्रशासकीय अधिकृतविहीन छन् । सुदूरका कूल ८८ स्थानीय तहमध्ये १ उपमहानगरपालिका, १३ नगरपालिका र २८ गाउँपालिकामा चेकमा सही गर्ने हाकिमको खडेरी छ । यति ठूलो संख्यामा पद रिक्त हुँदा पनि सरकार अनिर्णयको बन्दी बनेको छ । यता, मधेस प्रदेशमा पनि उस्तै हालत छ । त्यहाँ ४२ जनाकै संख्यामा प्रमुख प्रशासकीय अधिकृतको कुर्सी खाली छ । मधेशका १ महानगरपालिका, २२ नगरपालिका र १९ गाउँपालिका हाकिमविहीन छन् । वीरगञ्ज र विराटनगर महानगरपालिकामै प्रमुख प्रशासकीय अधिकृत छैनन् ।

बिज्ञापन

कोशी प्रदेशका १८ वटा स्थानीय तहको पनि अवस्था उस्तै छ । यता, गण्डकी प्रदेशमा आठवटा स्थानीय तहले प्रमुख विहीनताको समस्या झेलिरहेका छन् । दुई नगरपालिका र ६ गाउँपालिकामा प्रमुखको कुर्सी खाली छ । यता, बागमती प्रदेशका १७ वटा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएको जानकारी प्राप्त भएको छ । लुम्बिनीमा एक उपमहानगरपालिका र १० गाउँपालिका गरी ११ स्थानीय तहले प्रमुख प्रशासकीय अधिकृतको अभाव खेपिरहेका छन् ।

कर्णाली प्रदेशमा पनि दश नगरपालिका, २१ गाउँपालिका गरी ३१ स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको पद नै रिक्त रहेको तथ्य दर्शाएको छ । सेवा अवधि नपुग्दै बीचैमा कर्मचारी सरुवा र रिक्त पदमा समयमै नियुक्ति नगर्दा भद्रगोलको स्थिति आएको हो । शक्ति र पहुँचका आधारमा ६–६ महिनामा सरुवा गर्दा संघीयताको अभ्यासमै चोट पुग्ने र बदनाम हुने गम्भीर चिन्तासमेत बढाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दिल पौडेलका केही हाइकु

६१ वरिष्ठ सई इन्स्पेक्टरमा बढुवा (नामावली सहित)

८ महिना पनि टिकेन अरुणिमाको दोस्रो बिहे

अब निजामती कर्मचारी पनि आन्दोलनमा उत्रने

पुल निर्माणमा भ्रष्टाचार, ८ जनाविरुद्ध मुद्दा दायर

जिल्ला प्रशासन कार्यालय पर्सामा तनाव

अमिनदेखि उपसचिवसम्म १९ बर्षदेखि निरन्तर नापीमै,पुन: ललितपुर फर्कन जोडबल

सचिवको मोवाइलबाट जथाभावी म्यासेज,सचेत हुन मन्त्रालयको आग्रह

बिशेष