नारदलाई रोक्नु,चुडामणि बोक्नुको यस्तो छ कारण

साता दिनमै मन्त्रिपरिषद्को  निर्णय किन र कस्का लागि उल्टिन्छ ? के मन्त्रिपरिषद्को निर्णय बच्चाको भाँडाकुटी खेल हो ? अघिल्लो साता एउटा निर्णय गर्ने र मसी सुक्न नपाउँदै त्यसलाई उल्टाइनुको पछाडि एक जना शक्तिशाली व्यापारी हाबी भएको पाइएको छ ।  सोही कारण मुख्य सचिवबाट प्रमाणीत भइसकेको एउटा निर्णय साता दिन नबित्दै उल्टिन पुगेको छ । क्याविनेटबाट निर्णय भएको भए पनि माइन्यूट प्रमाणित नगरी र मुख्यसचिवले नियुक्ति पत्र नदिएका कारण  नेप्सेको नियुक्ति प्रक्रियामा साता दिनमै उल्टिन पुगेको हो ।

बिज्ञापन

‘कर्पोरेट गर्भ’बाट जन्मिएको सरकार एक पछि अर्को व्यवसायी पोस्ने कर्ममा उद्धत छ । नियमनकारी निकायका रुपमा चिनिएका धितोपत्र वोर्ड,वीमा प्राधिकरण पछि नेप्सेमा समेत एक जना विचौलियासँग हिमचिम भएका पात्र सिफारिस भए । तर निर्णय साता दिनमै उल्टियो ।

बिज्ञापन

ओलीका क्याविनेटबाट नियुक्ति खाएका व्यक्ति नेकपा एकीकृत समाजवादी निकटका रहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना हुन थालेपछि अर्थमन्त्री विष्णु पौडेल दबाबमा परे र उनैले मुख्य सचिव एकनारायण अर्याललाई सो निर्णय सार्वजनिक नगर्न दबाब दिए,अर्थ मन्त्रालय स्रोतका अनुसार सोही कारण अघिल्लो साता नै नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्ति भएका नारद कुमार लुइँटेललाई अन्त्यमा हिस्स बूढी हरियो दाँतको स्थितिमा पु¥याइएको छ ।

क्याविनेटले अर्थमन्त्री विष्णु पौडेलको प्रस्तावअनुसार लुईंटेललाई नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गरिएको थियो । नेप्सेको सीईओ नियुक्तिका लागि गठित सिफारिस चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य,बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याललाई छनोट गरी सर्टलिस्टमा पारेको थियो । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले सहसचिव सेवन्तक पोखरेलको संयोजकत्वमा सिफारिस समितिले सर्ट लिष्टमा पाँच उमेद्धारको नाम सार्वजनिक गरेको थियो ।

बिज्ञापन

क्याविनेटको निर्णय पछि लुइँटेलले बधाई खाइरहेका छन् तर न त उनको नियुक्तिको निर्णय नै सार्वजनिक भएको छ न त आजसम्म नियुक्ति पत्र हात पारेका छन् । बरु उनी बीचमा आफ्नै गृह जिल्ला सर्लाहीतिर पुगे र मोवाइल अफ गरेर बसे ।

एकातिर कुलमान घिसिङ्ग प्रकरणका कारण मुख्यसचिवबाट मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण गर्न ढिला भयो । उनको नियुक्तिसम्बन्धी निर्णय भोलिपल्ट दुई बजेमात्र निर्णय प्रमाणीकरण भयो । त्यतिबेलासम्ममा नारद एकीकृत समाजवादी सर्लाही काठमाडौं सम्पर्क मञ्चमा रहेको कुरा एमालेभित्र भुसको आगोझैं फैलियो । त्यस पछि अर्थमन्त्री विष्णु पौडेल आफैंले मुख्य सचिवलाई भनेर प्रमाणीकरण भइसकेको निर्णय पनि सार्वजनिक हुन रोकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ । अर्थात मन्त्रिपरिषद्ले गरिसकेको निर्णय समेत कार्यन्वयन भएन । यस अघि तारागाउँ विकास समितिको एक कार्यकाल नेतृत्व गरेका लुइटेलले दीपक भट्टको संयन्त्र फिट गरेर वालुवाटारदेखि बूढानिलकण्ठ र अर्थमन्त्रीसम्मलाई कन्भिन्स गरेका थिए । उनलाई रोक्नका लागि र आफू अनुकुलको पात्र नियुक्ति गर्न व्यवसायी चन्द्र ढकाल पनि हावी भए । यसरी क्याविनेटबाट भइसकेको निर्णय उल्टाएर चुडामणि चापागाई नेप्सेको प्रमुख कार्यकारी नियुक्ति भएका छन् ।

व्यवसायी चन्द्र ढकालको स्वार्थ अनुसार उक्त निर्णय उल्टिन पुगेको स्रोतको दावी छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष