सहसचिवको दरबन्दी भएका सात जिल्लामा अझैं उपसचिव सिडिओ

गृह मन्त्री रमेश लेखक र गृह सचिव गोकर्णमणि दुवाडीले गृहका पावरफुल उपसचिवहरुलाई अझ फिर्ता बोलाउन सकेका छैनन् । शुक्रवार मन्त्रालयले दश जना कर्मचारीहरुको सरुवा गर्दा बल्ल दुई उपसचिवहरु गृहमा फिर्ता बोलाइएको छ ।अझैं सात जना उपसचिवहरुले फष्ट क्लासका अफिसरका दरबन्दी भएका जिल्ला कमाण्ड गरिरहेका छन् । यही समयमा तीन महिनादेखि सहसचिवहरु जिम्मेवारी नपाएर गृहको बरण्डामा थन्काइएको स्थिति छ ।

बिज्ञापन

गृहमन्त्रालयले सहसचिवको दरबन्दी रहेको अर्घाखाँची र प्युठानका उपसचिव सिडिओलाई मन्त्रालय तानेर सहसचिव पठाइएको हो। गृह मन्त्रालयले बाबुराम अर्याललाई अर्घाखाँची र प्युठानबाट रमा आचार्य लाई गृह मन्त्रालय तानेर त्यहाँ वेदप्रसाद खरेल र दिपकराज नेपाललाई खटाएको छ । यस अघि अछामबाट शिव प्रसाद लम्सालको ठाउँमा सहसचिव आनन्द सारुलाई खटाइएको थियो ।

बिज्ञापन

गृहले प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज खटाउनेसम्बन्धी कार्यविधि २०८० मा विभिन्न ६१ जिल्लामा सहसचिवको दरबन्दी र १६ जिल्लामा उपसचिवको दरबन्दी तोकेको छ तर कार्यविधि विपरित अझैं दर्जन जिल्लामा उपसचिव प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

अहिले सहसचिव दरबन्दी रहेका सात वटा जिल्लामा उपसचिव नै जिम्मेवारीमा छन् । जस्तो डोटीमा मोहनराज जोशी,वैतडीमा दीर्घराज उपाध्याय, डडेल्धुरामा चोमेन्द्र न्यौपाने, जुम्लामा राम बहादुर शाही प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । कार्यविधि विपरित आफ्नै गृह जिल्ला दैलेखमा नवराज जैसीलाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । जसमध्ये सल्यानमा सावित्रा पुन,रामेछापमा राजुप्रसाद पौडेललाई प्रमुख जिल्ला अधिकारीको रुपमा खटाइएको छ ।

बिज्ञापन

गृह आफैले बनाएको कार्यविधि अनुसार यी जिल्लामा सहसचिवको दरबन्दी तोकिएको छ । तर डोटीमा २०८१ कार्तिक १२ गतदेखि मोहनराज जोशी प्रमुख जिल्ला अधिकारीको कुर्सीमा छन् भने बैतडी जिल्लामा दीर्घराज उपाध्याय ८१ कार्तिक १२ गतेदेखि नै प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । यस्तै डडेल्धुरा जिल्लामा प्रमुख जिल्ला अधिकारी रहेका चोमेन्द्र न्यौपाने २०८१ भाद्र २४ गतेदेखि अछाममा शिव प्रसाद लम्साल ८१ साल वैशाख २४ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेकामा उनलाई फिर्ता ल्याइएको छ । जुम्लामा राम बहादुर शाही असोज ९ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा छन् । कार्यविधिले आफ्नै गृह जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउन मिल्दैन भन्छ तर नवराज जैसी काँग्रेस निकट कर्मचारी भएकै कारण दैलेख जिल्ला हाक्ने अवसर पाइरहेका छन् ०८१ आश्विन ७ गतेदेखि । यस्तै गरी सल्यान जिल्ला प्रशासनको नेतृत्व सावित्रा पुनले गरिरहेकी छिन्,यही पुस २८ गतेदेखि । यस्तै रामेछाप जिल्लामा राजु प्रसाद पौडेल असोज ६ गतेदेखि प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहेका छन् ।
गृह मन्त्रालयमा अझैं बन्धुप्रसाद बास्तोला,प्रेमप्रसाद भट्टराई लगायतका सहसचिवहरु तीन महिनादेखि गृहको बरण्डामा छन् ।एकातिर सहसचिवहरुले जिम्मेवारी पाएका छैनन्,अर्काेतिर मापदण्ड विपरित सहसचिव दरबन्दी भएका जिल्लामा उपसचिवलाई सिडियो बनाएर खटाइएको छ,उनीहरुलाई फिर्ता बोलाउन सकेको छैन मन्त्रालयले ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपाल वायुसेवा निगमको सञ्चालक सदस्यमा पाँच जना नियुक्त

‘लाली’ र ‘करेन्ट’ चाउचाउ विषक्त, बजारबाट फिर्ता गर्न सरकारको आदेश

सरकारी ठेक्का ह्याकिङ प्रकरण शहरीका सुब्बा कारागार चलान,ठेकेदारहरुलाई धरौटीमा छाड्ने आदेश

ठेकेदारमाथि मन्त्रीको कडा शैली : प्रहरी लगाएर पीएकहाँ बुझाउन आदेश

दुई उपमहानिर्देशकविरुद्ध प्रधानमन्त्री कार्यालयमा उजुरी,प्रदीप अधिकारीसँगको ‘कनेक्सन’

आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै,सहसचिवको संयोजकत्वमा सिफारिस समिति गठन

स्मार्ट टेलिकम,इन्भेष्टमेन्ट बैंकपछि सीआईबीको अनुसन्धान एनसेलतिर

सचिवको असन्तृष्टि : ‘यो मन्त्रालयको नाम हो कि एनजीओको ?’

बिशेष