गभर्नरको रेशबाट काका- भतिजी आउट,पूर्व प्रशासकको इन्ट्री

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियाले नयाँ मोड लिएको छ । गभर्नर बन्नका लागि मापदण्डमै  फेरबदल गरेर पूर्व प्रशासकहरुलाई गभर्नर बनाउने चलखेल भएको भेटिएको हो ।
महाप्रसाद अधिकारी अवकाशमा गएसँगै रिक्त हुन लागेको गभर्नरमा नियुक्तिका लागि प्रवल दावेदार मानिएका थिए ज्ञानेन्द्र ढुङ्गना र निलम ढुङ्गना । ज्ञानेन्द्रले त नविल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका थिए ।काँग्रेसका सांसद तथा डलरे अर्वपति विनोद चौधरीको बैंकमा सिइओ समेत रहेका र गभर्नर काँग्रेसकै कोटामा परेका कारण उनी गभर्नर नियुक्ति हुन सक्ने आँकलन गरिदैं थियो ।
यस्तै निलम ढुङ्गानालाई समेत विचौलिया दीपक भट्टको साथ र समर्थन रहेको चर्चा थियो । रोचक चाहिँ राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना नाताले ज्ञानेन्द्रकी भतिजी पर्छिन् । गभर्नरको उम्मेदवार भन्दै व्यापक प्रचारमा रहेकी उनीमाथि पनि बिचौलिया दीपक भट्टको सानेपास्थित किरण भवनमा पुगेर भेटघाट गरेको चर्चा व्यापक छ ।
यता यही समयमा गभर्नर नियुक्तिसम्बन्धी मापदण्डमै हेरफेर भएको छ ।अर्थ मन्त्रालय स्रोतका अनुसार यही फागुन अन्तिम साता उक्त मापदण्डमा फेरबदल भएको हो । अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ मा जारी गरेको उमेद हद सम्बन्धी व्यवस्थालाई संशोधन गरिएको भेटिएको छ ।
यस अघि उक्त मापदण्डमा सार्वजनिक निकायमा नियुक्तीका लागि ३५ बर्ष पुरा भई ६५ बर्ष ननाघेको व्यक्ति हुनुपर्ने व्यवस्था थियो । नियम ३ ग मा रहेको सो व्यवस्था नयाँ मापदण्डमा हटाइएको छ । यो व्यवस्था हटाएर अब पूर्व प्रशासकहरु पूर्व मुख्य सचिव राजेन्द्र किशोर क्षेत्री,पूर्व सचिव रामेश्वर खनाल वा राष्ट्र बैंककै सञ्चालक रविन्द्रराज पाण्डे मध्ये एकले नियुक्ति पाउने सम्भवना बढेर गएको बताइन्छ ।

बिज्ञापन

गभर्नर सिफारिसका लागि उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको समितिमा भूतपूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका भूतपूर्व उपाध्यक्ष विश्व पौडेल सदस्य छन् । गत ११ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिसको लागि समिति बनाउने निर्णय गरेको थियो ।

बिज्ञापन

अझैं एक साता गभर्नर नियुक्ति हुने छैन कारण प्रधानमन्त्री केपी शर्मा ओली आज थाइल्याण्डको औपचारिक भ्रमण र बिमस्टेक सम्मेलनमा भाग लिन भोलि बैंकक निस्कदै छन् । उनी आगामी शनिबार स्वदेश फर्कने भ्रमण तालिका छ । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि २५ गते सोमबार बस्ने क्याबिनेट बैठकमा मात्रै गभर्नर नियुक्तिको प्रस्ताव जानेछ र त्यसपछि मात्र गभर्नर नियुक्ति हुने सम्भवना रहेको अर्थ मन्त्रालयल स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष