श्रममा शर्मानक कार्य :मन्त्री,सहसचिवदेखि उपसचिवसम्म पत्नीसहित वैदेशिक भ्रमणमा

सानालाई ऐन,ठूलालाई चैन । यस्तो दृश्य खोज्न दूरदराज होइन सिंहदरबारमै देख्न र भेट्न पाइन्छ ।
जस्तो गत शुक्रवार राजावादीहरुको आन्दोलनको क्रममा सरकारी सवारी साधन जल्यो । सामाजिक सुरक्षा कोष र व्यावसायिक तथा सीप विकास केन्द्रको । सोही प्रकरणमा श्रम मन्त्रालयले दोषी कर्मचारीलाई निलम्बन गर्दै छानबिन समिति बनाएको छ ।

बिज्ञापन

मन्त्रालयले आन्दोलनका क्रममा सामाजिक सुरक्षा कोषको बीएए ६७२४ नम्बरको गाडी र व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको डीएबी ३८६७ नम्बरको गाडी पूर्ण रूपमा ध्वस्त भएको बिषयमा छानबिन समिति नै बनाएको हो । गाडी जलेपछि मन्त्रालयले कार्यालय प्रमुखहरूलाई स्पष्टीकरण सोध्नुका साथै चालक तथा तोकिएको व्यक्ति (गाडी चढ्ने) कर्मचारीलाई निलम्बन गरेको छ । मन्त्रालयले यही शनिबारदेखि नै लागू हुने गरी निलम्बन तथा स्पष्टीकरण सोधेर आइतबार चैत १७ गते जानकारी गराइएको हो ।

बिज्ञापन

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार कोषका दशौं तहका निर्देशक उत्तम नेपाल र सीप विकास तालिम प्रतिष्ठानका कार्यकारी निर्देशक रमेश बखती जलेको गाडी लेखा अधिकृत कैलाश चौहानले चढ्दै आएको गाडीमा आगजनी भएको थियो ।

मन्त्रालयले सहसचिव प्रदीप कोइरालाको नेतृत्वमा उपसचिव एवं सहायक प्रवक्ता मेघनाथ रिमाल तथा उपसचिव शोभा कुमारी पोखरेल रहेको छानबिन समिति गठन गरेको हो । तर सोही मन्त्रालयका मन्त्री,सहसचिव,उपसचिवहरु पत्नी समेत नियम कानुन मिचेर बोकेर एउटा वैदेशिक कार्यक्रममा उडेको बिषयमा भने केही गर्न सकेको छैन ।

बिज्ञापन

केही महिना अगाडि मन्त्री शरदसिंह भण्डारी आफ्ना पूर्व दुई पिएका दम्पत्तिसहित विदेश शयरमा निस्किएको भेटिएको हो । कर्मचारी तथा सरोकारवालाहरुको भाग खोसेर मन्त्री,सहसचिव र उपसचिवहरु आफ्ना दम्पत्तिसहित स्पेन पुगेर फर्किएका हुन । यसरी दम्पत्ति सहित वैदेशिक भ्रमणमा लगेका दुबै सहसचिव र उपसचिव मन्त्री भण्डारीका दाहिने हात हुन । उनीहरु दुबै मन्त्रीको पिएको रुपमा सघाउँदै आएका कर्मचारी हुन ।

स्पेनको म्याड्रिडमा सम्पन्न टुअवार्ड अ लेभर इन्टरनेशनलमा सहभागी हुन श्रम मन्त्री शरदसिंह भण्डारी,सहसचिव तथा वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री,हाल साउदी अरवका श्रम काउन्सेलरका रुपमा कार्यरत कविराज उप्रेतीहरुको टोली आ आफ्ना श्रीमतीसहित त्यता गएर फर्किएको भेटिएको छ ।
मन्त्री भण्डारीले पत्नी निर्जला राउत, सहसचिव सूर्यबहादुर खत्रीलाई मिठ्ठु थापा,कविराज उप्रेतीले पत्नी शोभा रिजाललाई उक्त कार्यक्रममा साथै लगेको खुलेको छ ।

मन्त्रालयको वैदेशिक शाखा हेर्ने शाखा अधिकृत आयुषी भट्टराई पनि उक्त कार्यक्रममा सहभागी भएको भेटिएको छ ।

जानकारहरुका अनुसार मन्त्रालयको पत्रमै भिषा सिफारिसको लागि पत्र लेख्नु अख्तियारको दुरुपयोग हो । वैदेशिक भ्रमण खर्च नियमावली ०६४ र वैदेशिक भ्रमण निर्देशिका २०७५ विपरित भएको अर्थ मन्त्रालयका एक सहसचिवले प्रतिक्रिया दिएका छन् ।

स्मरण रहोस यसरी मन्त्रीले साथै च्यापेर लगेका सूर्य खत्री कुनै समय मन्त्रीकै नीजि सचिवका रुपमा काम गरिसकेका कर्मचारी हुन । उनी यस अघि प्रमुख जिल्ला अधिकारीको भूमिकामा थिए । खत्रीलाई गृहबाट श्रममा तानेर अहिले वैदेशिक रोजगार विभागको महानिर्देशक बनाइएको छ । सोही विभाग मातहतबाट दैनिक रुपमा सत्तरी लाखसम्म घुस असुली भइरहेको बिषयमा पूर्व मन्त्री डिपी अर्यालले संसदमै कुरा उठाएका छन् तर यो प्रकरणमा मन्त्रालयले कुनै चासो र अग्रसरता लिएको छैन । उता मन्त्री भण्डारीको दाहिने हात मानिएका कविराजलाई यस अघि उनै डिपी मन्त्री हुँदा इटहरी पठाएका थिए तर शरदसिंह मन्त्री बनेसँगै पुन मन्त्रालयमा तानेर आफ्नो पिएमात्र बनाएनन् पछि त उनलाई साउदी अरवको श्रम काउन्सेलरमा नियुक्ति गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।