मध्यरातमा पूर्वराजाको सुरक्षा टोलीमा व्यापक हेरफेर र कटौती

गृह मन्त्रालयले पूर्व राजा ज्ञानेन्द्र शाहको सुरक्षा टोलीमा परिवर्तन गरेको छ। तीनकुनेमा अप्रिय घटना घटेकै राती पूर्वराजाको सुरक्षा टोली हेरफेर गरिएको हो । शुक्रबारको हिंसात्मक घटना ज्ञानेन्द्रकै कारण भएको निष्कर्ष निकाल्दै सरकारले उनलाई दिएको सुविधामा पुनर्विचार गर्ने क्रममा सुरक्षाकर्मीको टोलीमा व्यापक हेरफेर र कटौती  गरिएको हो ।

बिज्ञापन

सशस्त्र प्रहरीले राति ११ः३० बजे पूर्व राजाका १० जना सुरक्षाकर्मीहरूलाई फिर्ता बोलाएको हो। डिएसपीको कमाण्डमा रहेका सशस्त्र प्रहरीको २५ जनाको टोलीमध्ये १० जनालाई हटाएर १५ जना कायम गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।  निर्मल निवासमा यसअघि सशस्त्र प्रहरी बलको कार्यदलबाट डिएसपीको नेतृत्वमा २६ जनाको टोली खटाइदै आएकोमा उक्त संख्या घटाएर १६ जनाको टोली पठाइएको छ । यस अघि निर्मल निवासमा जगदीश हमालको नेतृत्वमा २५ जनाको टोली खटिएको थियो। उक्त टोलीलाई हटाएर अब डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको नयाँ टोली पठाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बिज्ञापन

भीभीआईपीको सुरक्षा मापदण्डअनुसार १६ जना पाउने भए पनि सरकारले यसअघि २६ जना खटाउँदै आएको थियो।सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सेवा सुविधा खोस्ने र राहदानी रद्द गर्ने तयारी थालेको छ । सोही तयारी अनुसार उनको सुरक्षाकर्मी कटौती गरिएको हो । सरकारले पूर्व राष्ट्रप्रमुखको हैसियतमा ज्ञानेन्द्र शाहलाई दिएको सबै सुविधालाई कटौती गर्ने तयारी गरेको बेला सशस्त्र प्रहरीको टोली कटौती गरिएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

उस्तै बदमासी : एउटा भन्सारका १३ कर्मचारी निलम्बित,अर्काे नाकाका कर्मचारीलाई ‘क्लिन चिट’

अधिकृतसँग १ करोड ८ लाख अकुत आर्जन,एक बर्ष कैद सजाय

७२ हजार घुससहित रंगेहात समातिए प्रमुख प्रशासकीय अधिकृत

मन्त्रिपरिषद् बैठकका ८६,सचिव बैठकका ६ निर्णय सार्वजनिक

दुई महिनादेखि अर्थका पाँच सहसचिवको दरबन्दी रिक्त,महत्वपूर्ण विभाग समेत निमित्तकै भरमा

नेपालमा कर्मचारीतन्त्रको नैराश्यता किन बढ्दै छ?

सचिवभन्दा माथि स्वकीय,कर्मचारीको असन्तृष्टि यसरी पोखियो

वर्ल्डलिंकलाई कसले बचायो ? सात अर्बको करछली प्रकरणमा बालेनले खोल्लान् त फाइल ?

बिशेष