पञ्चायतकालदेखि गणतन्त्रसम्मै दल बदल्दै मन्त्री बन्दै आएका शरतसिंह भण्डारीले आफू अनुकुलको टिम बनाएर गडबडी गर्दै आएका छन् ।केही अगाडि मात्र मुकुन्द निरौलालाई सार्वजनिक खरिद अनुगमनको कार्यालयमा पठाएर त्यहाँ अहिले कृष्णहरि पुष्करलाई सचिवको रुपमा लगेका छन् ।
बिज्ञापन
मन्त्रालयमा यस अघि शरदसिंह भण्डारीका दाहिने हात थिए कविराज उप्रेती । उप्रेतीलाई नियम र मापदण्ड मिचेर साउदी अरबको श्रम काउन्सेलरमा नियुक्त गरेर पठाएका छन् । श्रममा अहिले २८ उपसचिवको दरबन्दी रहेकोमा ३२ उपसचिव कार्यरत छन् । मन्त्रालयमामात्र १२ जना उपसचिव छन् । कविराज उपसचिवमा बढुवा भएका ४ बर्ष पुगेको छैन । उनीभन्दा पनि सिनियर महेश पराजुली,शोभाकुमारी पोखरेल,शारदा भण्डारी,गुरुदत्त सुवेदी लगायतका आधा दर्जन बढी छन् तर सिनियरलाई वाइपास गर्दै जुनियरलाई श्रम सहचारी नियुक्त गरिएपछि कर्मचारीहरुले असन्तृष्टि पोख्दै आएका छन् ।
कविराज यस अघि उप्रेती वैदेशिक रोजगार विभाग, ताहाचलका निर्देशक (उपसचिव)को जिम्मेवारीमा थिए । त्यहाँ विवादमा मुछिएका उनलाई डिपी अर्याल श्रम मन्त्री हुँदा जिम्मेवारीबाट हटाएर इटहरी पठाइएको थियो । पुन डिपी हटेर शरदसिंहलाई नै मन्त्री बनाइएसँगै डिपीले उल्टाएका निर्णयहरु उल्टाउँदै आएका भण्डारीले उनै कविराजलाई समेत मन्त्रालयमा ल्याए । उनी अनुकुल कार्यविधि बनाएर कविराजलाई अहिले साउदी अरब पठाएका छन् । अहिले श्रम मन्त्रीको दाहिने हात बनेका छन्,बसन्त बोहरा । बसन्तलाई उनै कविराजले आफ्नो ठाउँमा ल्याएको बताइन्छ ।
बिज्ञापन
यस अघि एकनारायण अर्याल श्रम सचिव हुँदा बसन्त वैदेशिक रोजगार कार्यालयमा कार्यरत थिए । उनी सचिव हुँदा विचौलियालाई प्रवेश निषेध हुने गरी सबै सिष्टम अनलाइनमा लगेका थिए । अहिले अनलाइन सिष्टम त छ तर,कर्मचारीहरुले त्यसलाई विगारिदिएका छन्,प्रभावकारी कार्यन्वयन हुन सकेको छैन,अनलाइन सिष्टम ।
बिज्ञापन
पछिल्लो समय वैदेशिक रोजगार कार्यालयका महानिनर्देशक छन् सहसचिव सूर्यबहादुर खत्री । खत्री यस अघि प्रमुख जिल्ला अधिकारी थिए । शरदसिंह मन्त्री बने लगतै उनलाई वैदेशिक रोजगार कार्यालयका महानिर्देशक बनाएका छन् । यस अघिल्ला पटक शरदसिंह मन्त्री हुँदा उनको सचिवालयमा बसेर सघाएका कारण उनलाई अहिले विभागमा पठाइएको हो भन्दैछन्,श्रमकै एकाथरी कर्मचारी । सो कार्यालयबाट दैनिक रुपमा ७० लाखसम्म रकम संकलन हुने गरेको बिषय संसदमै उठाएका छन्,पूर्व मन्त्री डिपी अर्यालले । खत्री अवको केही महिना पछि अनिवार्य अवकाश लागेर घर जाँदैछन् ।
स्वदेशमा रोजगारी नपाएर वैदेशिक रोजगारीको खोजी खाडी तथा अन्य मूलुकमा जाने सोझा सिधा नेपालीहरुबाटै अहिले ठगी धन्दा चलिरहेको बिषय संसदमै उठेको छ । वैदेशिक रोजगार कार्यालयमा लामो समयदेखि जरा गाँडेर बसेका कर्मचारी हुन उमेश अधिकारी । उनी पटक पटक सरुवा भएर सोही कार्यालयमा पुगेका छन् । एउटा कर्मचारी एउटै कार्यालयमा घुमिफिरी तीन पटकसम्म जानुलाई स्वभाविक मान्दैनन्,श्रमका कर्मचारीहरु । उनी झैं नासु गणेश बास्तोला, कम्युटर अपरेटर अनुप श्रेष्ठ,रामप्रसाद अचार्य,रामप्रसाद पोखरेल,रामु पौडेलहरु पटक पटक सोही कार्यालयमा सरुवा भएर पुग्ने कर्मचारीहरु हुन ।
घुसखोरीका लागि बदनाम सरकारी अड्डाका रुपमा चिनिएको बैदेशिक रोजगार कार्यालयमा यी र यस्तै कर्मचारीका कारण बदनाम हुँदै गएको बताइन्छ । त्यसका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसहित सरोकारवाला निकायहरु चनाखो हुनुपर्ने अवस्था छ ।