एडिबीबाट १६ अर्ब ऋृण स्वीकार,कुन निकायलाई कति तिर्नुछ नेपालले ?

सरकारले एसियाली विकास बैंक (एडिबी) बाट प्राप्त २१ अर्ब २३ करोड (एक सय ५७ मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान स्वीकार गरेको छ । जसमध्ये १६ अर्ब बढी ऋृण र बाँकी अनुदान सम्झौतामा हस्ताक्षर गरिएको हो । हिजो सिंहदरबारमा आयोजित एक कार्यक्रमका बीच एडिबीको उक्त ऋृण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको हो ।

बिज्ञापन

एडिबीले यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (मेसिनाइज्ड इरिगेसन इन्नोभेसन प्रोजेक्ट–एमआइआइपी) र जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजना (सिआरएलएलपी) कार्यान्वयनका लागि २१ अर्ब २३ करोड बराबरको सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

बिज्ञापन

अर्थ मन्त्रालयमा भएको सम्झौताअनुसार उक्त परियोजनाका लागि एडिबीले १४ अर्ब ८८ करोड (११० मिलियन अमेरिकी डलर) ऋण तथा दुई अर्ब (१५ मिलियन अमेरिकी डलर) अनुदान दिनेछ । त्यस्तै, जलवायु उत्थानशील तथा जीविकोपार्जन परियोजनाका लागि १ अर्ब ३५ करोड (१० मिलियन अमेरिकी डलर) ऋण, दुई अर्ब ९७ करोड (२२ मिलियन अमेरिकी डलर) अनुदान सम्झौता भएको हो । सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडिबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे ।

पछिल्लो समय नेपालको ऋृण नै २५ खर्ब माथि पुगेको कारण कुनै पनि ऋृण नस्वीकार्ने बताउँदै आएको सरकारले एडिबीबाट प्राप्त ऋृण स्वीकार गरेको हो । चालु आर्थिक वर्ष २०८१/ ८२ को पहिलो चौमासिकसम्म नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार यस अवधिसम्म नेपालले तिर्न बाँकी ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको हो । गत आव असार मसान्तसम्म सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ थियो ।

बिज्ञापन

 

सार्वजनिक ऋृण अत्यासलाग्दो भएका कारण चीन सरकारले वीआरआइ अन्तर्गत ऋृण स्वीकार्न नसकिने तर अनुदान लिन सकिने काँग्रेस र एमालेका नेताहरुले गर्दै आएका छन् । यही समयमा एडिबीको ऋृण भने स्वीकार गरिएको हो । नेपाल सरकारले बहुपक्षीय विश्व बैंक, एसियाली विकास बैंक (एडीबी), अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ), युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी), इन्टरनेसनल फन्ड फर एग्रिकल्चरल डेभलपमेन्ट (आईएफएडी),इइसी,एआईआइबी,आइएफडी लगायतका निकायबाट ऋृण लिँदै आएको छ ।

 

मधेश प्रदेशको रौतहट र सर्लाही जिल्लामा लागू गरिने यान्त्रिक सिँचाइ परियोजनाअन्तर्गत उन्नत सिँचाइ प्रविधि लागू गरिनेछ बताइएको छ । हिजो भएको सम्झौतापत्रमा हस्ताक्षरपछि अर्थसचिव घिमिरेले यी परियोजनाको माध्यमबाट उन्नत सिँचाइ प्रविधि र दिगो जल व्यवस्थापनले खाद्य सुरक्षाका साथै जलवायु परिवर्तनको असर सामना गर्न सहयोग पुग्ने बताएका छन् । एडिबीका देशीय निर्देशक कोश्वाले यी परियोजनाका विशेषता र यसले नेपालको आर्थिक क्षेत्रमा ल्याउने योगदानको चर्चा गर्नुहुँदै जलवायु अनुकूलन, कृषि उत्पादकत्व र जल सुरक्षा क्षेत्रमा एडिबीले नेपाललाई सधैँ सहयोग गर्ने प्रतिबद्धता जनाए । यी सम्झौता नेपाललाई दिगो विकास हासिल गर्न र जलवायु परिवर्तनको चुनौतीसँग जुझ्न महत्त्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास उनले व्यक्त गरे ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष