काठमाडाैं, १८ मंसीर । साताको तेस्रो कारोबार दिन मंगलबार सुनको मूल्य उकालो लागेको छ ।मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले उकालो लागेको हो ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार छापावाला सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
त्यसैगरी, चाँदीको मुल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो । महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी १ हजार ८ सय १५ रुपैँयामा कारोबार भएको थियो ।
बिज्ञापन
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%






























