१४ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा

नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । अघिल्लो आर्थिक बर्षको सोही अवधिको तुलनामा नेपाल टेलिकमको नाफा झण्डै २५ करोडले गिरावट आएको हो । नेपाल टेलिकमले यो त्रैमासमा १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी अघिल्लो बर्षको यही अवधिमा कम्पनीले २ अर्ब २ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो गत वर्षको नाफाको तुलनामा झण्डै २५ करोड अर्थात १४ दशमलव २० प्रतिशत घटेको हो ।

बिज्ञापन

सरकारले गत भदौं २० मा टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याललाई प्रवन्ध निर्देशकको रुपमा नियुक्ति गरेको छ । जागिरे जीवनको लामो कालखण्ड मोबाइल सेवातर्फ परियोजना, सञ्चालन, मर्मत, खरिददेखि सबै क्षेत्रको अनुभव बटुलेकी पहाडी त्यहाँका ट्रान्समिसन निर्देशनालयमा अपरेसन, मेण्टिनेन्सको प्रमुखका रूपमा रहेर काम गरिसकेकी अनुभवी कर्मचारी हुन । फोर जी आयोजनामा नेटवर्क टिमको प्रोजेक्ट म्यानेजर हुँदै ११ औँ तहमा निर्देशकको भूमिकामा निर्वाह गरेकी पहाडीले दुई वर्ष त्यहाँ काम गरेपछि केन्द्रीय कार्यालयमा अर्को २ वर्ष व्यापार प्रमुखको जिम्मेवारी गरेकी उनी चिफ टेक्निकल अफिसरको अनुभव समेत बटुलेर कम्पनीको नेतृत्व तहमा पुगेकी छिन् ।
तर अनुभवी कर्मचारी पाउँदा समेत टेलिकमको आम्दानी घटेको छ । समीक्षा अवधिमा कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा ४५.०५  रुपैयाँ रहेको प्रतिशेयर आम्दानी घटेर ३८.६६  कायम भएको छ भने प्रतिशेयर नेटवर्थ भने ५३५.०९  रहेको छ ।

बिज्ञापन

गत असोजसम्म कम्पनीको ग्राहकसँगको सम्झौता आम्दानी १ दशमलव ११ प्रतिशत बढेर ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ गरेको छ । यस्तै, वित्तीय आम्दानी ३३ प्रतिशत घटेर १ अर्ब १७ करोड ७१ लाख रुपैयाँ र कुल आम्दानी ५ दशमलव ४९ प्रतिशत घटेर १० अर्ब ६ करोड ३७ लाख रुपैयाँ गरेको छ ।

गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ५८ करोड ५० लाख रुपैयाँ ग्राहकसँगको सम्झौता आम्दानी, १ अर्ब ७५ करोड ७० लाख रुपैयाँ वित्तीय आम्दानी र १० अर्ब ६४ करोड ८७ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।

बिज्ञापन

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २।२७ प्रतिशत बढेर ७८ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी ६।२० रुपैयाँ घटेर ३८।६६ रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५३५ दशमलव ०९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात २५ दशमलव ८३ गुणा रहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष