प्रधानमन्त्री राहत कोषमा १ अर्ब ५२ करोड मौज्दात

प्रधानमन्त्री राहत कोषमा १ अर्ब ५२ करोड मौजाद रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । हिजो बसेको मन्त्रीपरिषद् बैठकले कोषमा एक अर्ब रुपैयाँ जम्मा गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ बमोजिम विपद् व्यवस्थापन कोषमा बाढीपहिरो प्रभावितको तत्काल राहत र उद्धारका लागि अर्थ मन्त्रालयले तत्काल एक अर्ब उपलब्ध गराउने निर्णय गरेको हो ।

बिज्ञापन

बाढी पहिरो पछि यो कोषमा रकम जम्मा हुन थालेको छ । राष्ट्रिय वाणिज्य बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ जम्मा गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष दिलिपकुमार ढुंगानाले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई उक्त रकम हस्तान्तरण गरेका हुन ।

बिज्ञापन

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको जानकारी गराए । यस्तै नेकपा एमालेले बाढीपहिरो प्रभावितका लागि कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ ।पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपीशर्मा ओलीको अध्यक्षतामा आज बबरमहलस्थित होटल बसेरामा बसेको एमाले सचिवालय बैठकले उक्त निर्णय गरेको छ ।

यस्तै भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले राष्ट्रिय विपतमा १ करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । उक्त रकम बराबरको चेक गुरुङ दम्पतिले हिजो बेलुकी बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेको र सो रकम कोषमा जम्मा गरिने बताइएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व सचिव थापालाई सेवा आयोग अध्यक्षको जिम्मेवारी

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

बिशेष