सहसचिव मैनाली कृषि विकास बैंकको सञ्चालकमा नियुक्त

कृषि विकास बैंकको सञ्चालक समिति सदस्यमा अर्थ मन्त्रालयका सह–सचिव दीर्घराज मैनाली नियुक्त भएका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भदौ २० गते मैनालीलाई बैंकको सञ्चालक समिति सदस्यमा नियुक्त गरेका हुन् ।
अर्थ मन्त्रालयमा २५ सहसचिव छन् । १० सहसचिव अहिले मन्त्रालयमा छन् तर त्यहाँ ९ वटा मात्र महाशाखा छ । ठूला कार्यालयमा बस्न नपाए छटपटीमा पर्ने हाकिमका रुपमा चिनिन्छन्,सहसचिव दीर्घराज मैनाली अर्थ मन्त्रालयमै आइपुगेका छन् । अधिकांश समय ठूला कार्यालयको नेतृत्व गरेका मैनाली राजश्व अनुसन्धान विभागमा सबैभन्दा लामो समय ३३ महिना टिक्ने हाकिम हुन । यस्तै आन्तरिक राजश्व विभागमा पनि लामो समय टिकेका उनी अहिले अर्थ मन्त्रालयमा जिम्मेवारविहिन बने । उनै सहसचिवका लागि हालैमात्र अर्थ मन्त्रालयको एउटै महाशाखा दुई टुक्रा पार्ने प्रक्रिया अगाडि बढिरहेको छ ।

बिज्ञापन

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख नारायण प्रसाद रिसालको अधिकार कटौती गर्दै अर्को सहसचिव दीर्घ मैनालीलाई दिने तयारी पनि अगाडि बढेको छ ।

बिज्ञापन

हाल कृषि विकास बैंकको अध्यक्ष पूर्वराजस्व सचिव रामशरण पुडासैनी छन् । यस्तै त्यहाँ सहसचिव सञ्जिव कुमार कर्ण,गोविन्द भट्टराई,सञ्जिव पौडेल,विनोद गुरागाँई र रीता सुवेदी सञ्चालक समितिमा छन ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

ती बैकुण्ठ,यी संगीता

खण्डन तथा क्षमायाचना

निमित्तकै भरमा १८ स्थानीय : १४ नगरपालिका, ४ गाउँपालिकामा खटाउन सकेन प्रमुख प्रशासकीय

बिशेष