दसैंमा नयाँ नोट नपाइने, पुरानो नोटले काम चलाउने

यसपालिको दसैंंमा नयाँ नोट प्रयोग गर्न नपाइने भएको छ। हरेक वर्ष चाडपर्व लक्षित नयाँ नोट वितरण गर्दै आएको नेपाल राष्ट्र बैंकले यस पटक सुकिला नोट मात्रै चल्तीमा ल्याउने भएको हो।

बिज्ञापन

राष्ट्र बैंकले विगतका वर्षमा दसैंमा नयाँ नोट वितरण गर्न ३/४ महिनाअगावै छपाइ गरेर भण्डार गर्ने गरेको थियो। तर, यस पटकको दसैं लक्षित नयाँ नोट वितरण नगर्ने निर्णय भएको राष्ट्र बैंकका सह–प्रवक्ता डा. डिल्लीराम पोखरेलले बताए।

बिज्ञापन

‘यस पटक दसैंमा नयाँ नोट वितरण हुँदैन। डिजिटल कारोबारलाई प्रोत्साहन गर्न र नोट छपाइ खर्च कम गर्ने यस्तो निर्णय गरिएको हो,’ राष्ट्र बैंक सह–प्रवक्ता पोखरेलले क्यापिटल नेपाललाई भने, ‘आवश्यक हुनेलाई राष्ट्र बैंकले बजारबाट फिर्ता आएकामध्येबाट सुकिला नोट दसैंमा दिन्छ।’

दसैंमा साना तथा ठूला दरका नोट आवश्यक हुनेलाई एक वर्षअघि बजारमा पठाएर फिर्ता आएका सुकिला नोट बैंकमार्फत सटही व्यवस्था मिलाइने उनको भनाइ छ।

बिज्ञापन

सुकिला नोट सटहीलाई साना र ठूला दरको सीमा तोकेर सटही सुविधा दिन सकिने उनले बताए।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्धा

सुधन,सुनिल र भुपदेपले दिएनन् केन्द्रीय सदस्यमा उमेदवारी

उपसचिवको नियुक्ति सिफारिस बदर

बिदा दुरुपयोगमा मुछिएका १३ सय ३० कर्मचारीले अद्यावद्यिक गराए विवरण

प्रदेश खारेजी,स्थानीय तह एक तिहाइ कटौतीको प्रस्ताव

नयाँ सरकारको ‘मधुमास’ : समातिए दर्जनौं भीआइपी,अधिकांश छुटे

लापरवाही कर्मचारीको,क्षतिपूर्ति राज्यकोषबाट

शैक्षिक प्रमाणपत्र र नागरिकता फरक जन्म मिति : फिर्ता गर्नुपर्ने हुनसक्छ तलब भत्ता र पेन्सन

बिशेष