बिहान दुई सहसचिवको जिम्मेवारी हेरफेर,दिँउसो ३ सचिवसँग कार्यसम्पादन सम्झौता

अर्थमन्त्री विष्णु पौडेलले आइतबार बिहान दुई सहसचिवको जिम्मेवारी हेरफेर गरे । उनले बिहानमात्र सहसचिव श्रीकृष्ण नेपाललाई बजेट महाशाखाको जिम्मेवारी दिएका छन् । अर्थकै अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुखको भूमिकामा रहेका नेपाललाई बजेटमा सारेर राजस्व व्यवस्थापन महााशाखाको प्रमुख रहेका धनिराम शर्मालाई भने अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा पठाए ।
यस्तै दिँउसो भने एक कार्यक्रममा बीच तीन सचिवसँग कार्यसम्पादन सम्झौता गरेका छन् । हालैमात्र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालयमा दुई घिमिरे बन्धुलाई सचिवका रुपमा भित्र्याएका छन् । अर्थ सचिवमा डा रामप्रसाद घिमिरे र राजस्व सचिवको जिम्मेवारी दिनेश घिमिरेले सम्हालिरहेका छन् । यस्तै महालेखा नियन्त्रकका रुपमा विनोद सिंह कार्यरत छन् । अर्थमन्त्री विष्णु पौडेलले एक कार्यक्रमका बीच तीन सचिवसँग कार्यसम्पादन सम्झौता गरेका हुन ।

बिज्ञापन

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेल र अर्थ सचिव डा. रामप्रसाद घिमिरे, राजस्व सचिव दिनेशकुमार घिमिरे र महालेखा नियन्त्रक विनोदप्रकाश सिंहबीच छुट्टाछुट्टै कार्य सम्पादन करार सम्झौता भएको हो ।कार्य सम्पादन सम्झौतामा चालु आर्थिक वर्ष गरिने कार्यक्रम, लक्ष्य र समयसीमा उल्लेख गरिएको छ ।

बिज्ञापन

अर्थमन्त्री पौडेलले कार्य सम्पादन सम्झौता मूल्यांकनको महत्त्वपूर्ण आधार हुने उल्लेख गर्दै सिङ्गो टिम परिचालन गरेर सचिवहरू र महालेखा नियन्त्रक सम्झौतामा उल्लेखित कार्यक्रम कार्यान्वयनमा खरोा उत्रिने विश्वास व्यक्त गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सरकारले गर्‍यो ११ सहसचिवको सरुवा (सूचीसहित)

प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद् बैठक आह्वान

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बिशेष