कुन बैंकले कति नाफा कमाए ?

गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले करिब ६४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा गरेका छन्। प्रतिशतको आधारमा सबैभन्दा बढी नाफा बढाउने बैंकमा प्रभु बैंक अगाडि देखिएको भएपनि नबिल बैंक बढी नाफा गर्ने बैंकको पहिलो नम्बरमा छ ।

बिज्ञापन

सञ्चालनमा रहेका २० मध्ये १० वटा बाणिज्य बैंकहरु गत आर्थिक बर्षमा नाफा बढाउन असफल देखिएका छन् । यसपाली भने सबै भन्दा धेरै नाफा कमाउने बैंकहरुको सूचिमा नबिल बैंक नै पहिलो बनेको छ । नबिल बैंकले ७ अर्ब ६ करोड खुद नाफा आर्जन गरेको छ ।

बिज्ञापन

यस्तै ग्लोबल आइएमई बैंकले गत बर्ष ६ अर्ब १ करोड नाफा आर्जन गरेको छ । धेरै नाफा कमाउने बैंकमध्ये तेश्रो स्थानमा छ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक,उक्त बैंकले गत बर्ष ५ अर्ब १९ करोड रुपैयाँ खुद नाफा गरेको छ। यस्तै प्रभु बैंकले ४ अर्ब ४० करोड रुपैयाँ खुद नाफा आर्जन गर्दा एभरेष्ट बैंकले ३ अर्ब ७० करोड खुद नाफा गर्न सफल भएको छ। यस्तै यस्तै सरकारी स्वामित्वको कृषि विकास बैंकले गत बर्ष ३ अर्ब ६५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्दा प्राइम कमर्सियल बैंकले ३ अर्ब ४५ करोड खुद नाफा आर्जन गरेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्ष ३ अर्ब ३९ करोड खुद नाफा गरेको छ। अघिल्लो बर्ष स्टाण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड रुपैयाँ मात्रै खुद नाफा गर्न सफल भएको छ।लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्षभन्दा ४० प्रतिशतले नाफा बढाएको हो ।सिद्धार्थ बैंकले गत आर्थिक वर्ष ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकहरुले प्रकाशन गरेको विवरण अनुसार, हिमालयन बैंकले २ अर्ब ८३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्दा एनएमबि बैंकको नाफा २ अर्ब ३३ करोड नाफा आर्जन गरेको छ । कुमारी बैंकले अघिल्लो आर्थिक बर्षभन्दा गत बर्ष मुनाफा ह्वात्तै बढाएको छ । कुमारीले गत बर्ष २ अर्ब ३० करोड रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यस्तै नेपाल एसबिआई बैंकले २ अर्ब १ करोड कायम भएको छ।

बिज्ञापन

यस्तै सिटिजन्स बैंकको १ अर्ब ८६ करोड,एनआइसी आर्थिक वर्ष १ अर्ब ३८ करोडमा नाफा आर्जन गर्दा नेपाल बैंक १ अर्ब ६६ करोडमा सीमित भएको छ। यस्तै सानिमा बैंकको २ अर्ब ३८ करोड नाफा आर्जन गर्दा माछापुच्छ्रे बैंक सबैभन्दा पुच्छरमा छ र गत बर्ष उक्त बैंकले १ अर्ब २५ करोड खुद नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पूर्व प्रबन्ध निर्देशक साह भ्रष्टाचारी ठहर

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र निर्माण व्यवसायीविरुद्ध भ्रष्टाचार मुद्धा

बढुवा अवरुद्ध हुँदा मारमा बरिष्ठहरु

सहजीकरण टोली असफल, बजेट ल्याउन नसक्ने २५ स्थानीय तहसँग स्पष्टीकरण

प्रधानमन्त्री कार्यालयमा सचिवको पल्टन,चार निकाय सचिवविहीन

आयल निगममा तेल चोर्नेदेखि ओभरटाइमको नाममा मासिक ५० लाख खानेसम्म

मनसुनको जोखिम बढ्दै, देशभर ५४ स्थानमा सशस्त्र प्रहरीको प्रतिकार्य बेस स्थापना

टेरामक्स भ्रष्टाचार मुद्दा : पूर्वमन्त्री मोहन बस्नेतसहित १९ प्रतिवादीको मुद्दामा आज फेरि सुनुवाइ

बिशेष