नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु पक्राउ

रसुवाको नौकुण्ड गाउँपालिकाका अध्यक्ष नुर्बु घले जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । बौद्ध प्रहरी कार्यालय कपनको टोलीले आइतबार कपनबाट तास खेलिरहेको अवस्थामा १० जनालाई नियन्त्रणमा लिएको थियो ।

बिज्ञापन

ती १० जनामध्ये एक गाउँपालिका अध्यक्ष नुर्बु घले पनि हुन् । मकवानपुरका सुमन गोले वर्ष अन्दाजी ३९ का, विष्णु दोङ वर्ष ४१, मकवानपुरका तीमकुमार गोले वर्ष ३६, बुढा नीलकण्ठका दिनेश सुनार वर्ष ३७, सिन्धुपाल्चोक घर भएका वर्ष ३१ का रितिक रावत, बौद्ध घर भएका वर्ष ६३ का राजु लामा, नुर्बु घले रसुवा नौकुण्ड गाउँपालिकाका अध्यक्ष वर्ष ५३, बुढानीलकण्ठ घर भएका रमेश लामा वर्ष ७२ का, बुढानीलकण्ठ घर भएका प्रवीण लामा वर्ष ५३, सिन्धुपाल्चोक घर भएका वर्ष ४३ का कविराज सुनार पक्राउ परेका हुन् । उनीहरूको साथबाट प्रहरीले १ लाख ३६ हजार रुपैयाँ बरामद गरेको थियो ।

बिज्ञापन

घलेविरुद्ध एक महिलाले आफूलाई श्रीलंका पुर्‍याएर मानव बेचबिखन गरको आरोप लगाउँदै ७ वर्ष पहिले साविक महानगरीय प्रहरी परिसर (हाल जिल्ला प्रहरी परिसर) काठमाडौंमा जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा ७ वर्षपछि ब्यूरोको टोली घलेलाई पक्राउ समेत गरेको थियो केही महिना अगाडि ।

गाउँपालिका अध्यक्ष नुर्वुविरुद्ध के छ आरोप ?

बिज्ञापन

२०७३ सालमा एक महिलालाई नुर्वुले श्रीलंकासम्म पुर्‍याएर बन्धक बनाएको आरोप लागेको छ। मासिक २८ हजार कमाई हुने भन्दै एक महिलालाई नुर्वुले कतार पठाउने भन्दै श्रीलंका पठाएर बन्धक बनाएको आरोप लागेको प्रहरीले बताए ।

कतार जानका लागि भन्दै नुर्वुले आफ्नै खर्चमा ती महिलाको राहदानी समेत बनाई दिएको पाइएको प्रहरीको दाबी छ । आर्थिक अवस्था कमजोर भएकी महिलालाई नेपालबाट स्थलमार्ग हुँदै भारतको नयाँ दिल्ली पुर्‍याइएको थियो । दिल्लीबाट भिजिट भिसामा श्रीलंकाको कोलम्बो पुर्‍याइएको थियो । कोलम्बोमा बुद्ध दर्शनका लागि जान लागेको भन्नु भनेर ती महिलालाई सिकाइएको थियो ।

कोलम्बो पुर्‍याएपछि श्रीलंकन मुलका एजेन्टले राहदानी लगायतका कागजात नियन्त्रण लिएर ती महिलालाई बन्धक बनाएको आरोप नुर्वुमाथि लागेको छ । राम्रोसँग खान बस्न समेत नदिई कुटपिट गर्दै यातना दिएको अवस्थामा नृपाल प्रहरी र विभिन्न संघ–संस्थाको सहयोगमा ती महिला केही नेपाल फर्किएकी थिइन् ।

नेपाल फर्किएपछि उनले २०७३ सालमै काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

राष्ट्रसेवकको मनोबलमा सङ्कट र सुधारको मार्ग

अख्तियारलाई चुनौती दिदैं नागार्जुन नगरपालिकाका दुई कर्मचारी: ६ लाख वार्षको तलब, भत्ता मात्रै बुझे ९७ लाख

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

बिशेष