दुई अध्यक्षकोबिच द्वन्द्व, कर्मचारीलाई हाजिर गर्न रोक

बजेटको विषयमा विवाद हुँदा कैलालीको जोशीपुर गाउँपालिका अध्यक्ष र वडाध्यक्षबिचको द्वन्द्वको कारण कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएको छ ।गाउँपालिका अध्यक्ष चित्रबहादुर चौधरी र गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नं. ४ का वडाध्यक्ष रामजनम चौधरीबिचको द्वन्द्वले कर्मचारीहरूलाई हाजिरी गर्नबाट रोक लगाएको हो । वडाध्यक्ष र गाउँपालिका अध्यक्ष दुवै नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित भएका हुन् । उनीहरूको विवादले वडा कार्यालयको सेवा प्रभावित भएको छ । यी दुई जनाबिच केही समय अघिदेखि नै विवाद चल्दै आएको छ ।

बिज्ञापन

उता गाउँपालिका अध्यक्ष चौधरीले वडाध्यक्षले आरोप लगाए जस्तो कुनै विवाद नरहेको र आफूलाई थाहा नभएको बताए । वडाध्यक्ष रामजनम चौधरीले गाउँपालिकाको बजेटमा अध्यक्ष चित्रबहादुर चौधरीले एकलौटी तथा मनलाग्दी गर्दै आएको आरोप लगाए ।उनले गाउँपालिकाका योजनाहरू जनतामुखी नभइ कर्मचारीमुखी योजना बनाएको समेत आरोप लगाए । त्यस्तै, वडाध्यक्ष चौधरीले वडामा ४४ लाखमात्र बजेट सिलिङ आएको र वडा नं. ४ को प्राथमिक स्वास्थ्य ईकाईको प्रमुख परिवर्तन गर्दासमेत समन्वय नभएको भन्दै वडाका कर्मचारीहरूलाई वडामा हाजिर गर्न नदिइ गाउँपालिकामा पठाइएको बताए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

झापाका सीडीओ गेलालले दिए राजीनामा, सेवा अवधि ६ महिना बाँकी छँदै स्वेच्छिक अवकाशको निर्णय

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

बिशेष