युवराजको दसौं नियुक्ति :- योजना आयोग, गभर्नर,सांसद,मन्त्री,राजदूत हुँदै आर्थिक सल्लाहकार

प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक सल्लाहकारमा युवराज खतिवडालाई नियुक्ति गरेका छन् । राष्ट्र बैंकको जागिरबाट अवकाश प्राप्त गरेका युवराज खतिवडा यस्ता पात्र हुन जसले एक पछि अर्काे लाभको अवसर पाइरहेका छन् ।

बिज्ञापन

राष्ट्रिय योजना आयोगको सदस्य तीन पटक, राष्ट्र बैंकको गभर्नर,राष्ट्रिय सभा सदस्य हुँदै अर्थमन्त्री खाइसकेका उनी राजदूत हुँदै पुन केपी शर्मा ओलीको आर्थिक सल्लाहकारको नियुक्ति खाएका हुन । उनले यो समेत गरी १० पटक लाभको अवसर पाएका हुन ।

बिज्ञापन

खतिवडा माधव नेपाल प्रधानमन्त्री हुँदा २०६६ मा उनी नेपाल राष्ट्र बैंकको गर्भनर भए । गभर्नर हुनु अगाडि योजना आयोगको उपाध्यक्ष थिए । सो पद त्यागेर उनी गभर्नर बनेका थिए । २०५९ देखि २०६२ सम्म, २०६६ मा र २०७२ गरी तीनपटक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष चलाए । २०७४ नेकपाकालमा उनी ओली सरकारको अर्थमन्त्रीसमेत भए । राष्ट्रपतिबाट मनोनीत गर्ने कोटाबाट राष्ट्रियसभा सदस्य बनेका उनको कार्यकाल भने दुई वर्ष मात्र रह्यो । सांसद पद सकिएपछि अर्थमन्त्रीबाट पनि हटेका थिए । तर लगत्तै उनी फेरि सांसद नरहेको व्यक्ति पनि मन्त्री बन्न पाउने व्यवस्थाअनुसार ६ महिनाका लागि मन्त्री बने । ६ महिनापछि अर्थमन्त्रीबाट बाहिरिएपछि पनि उनलाई ओलीले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारकै रूपमा राखे । पछि उनलाई अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त गरे ।

११ जना राजदूत फिर्ता हुँदा खतिवडा पनि फिर्ता बोलाइनेमा परे । राजदूतबाट फिर्ता भएका खतिवडा पुनः प्रधानमन्त्रीको आर्थिक सल्लाहकारका रूपमा सिंहदरबार छिरेका छन् ।

बिज्ञापन

उनले तीन पटक राष्ट्रिय योजना आयोगको उपाध्यक्ष,श्रीलंकामा एसियाली विकास बैंकको जागिरको अवसर, गभर्नर,राष्ट्रिय सभामा मनोनीत सदस्य, ६ महिने अर्थमन्त्री,प्रधानमन्त्रीको आर्थिक सल्लाहकार हुँदै राजदूतको नियुक्ति खाइसकेका छन् । यो युवराजलाई दशौं लाभ हो,यस पटक पनि उनी प्रधानमन्त्री केपी शर्मा ओलीको आर्थिक सल्लाहकार नियुक्ति भएका हुन ।
एमाले पार्टीमै लागेर जेलनेल भोगेका इमान्दार कार्यकर्ताले लाभको कुनै पद नपाइरहेको अबस्थामा केपी ओलीका लागि युवराज खतिवडा यति प्यारा पात्र हुन कि उनले पाएको यो दसौं अवसर हो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

तीन सहसचिवसहित ५० कर्मचारीको एक हप्तामा राजीनामा, प्रशासनमा बढ्यो अन्योल

बिशेष