पिआर लिएको आरोपमा उच्चपदस्थ छानबिनमा

सरकारका पूर्वमन्त्री, सचिव, उपसचिव नै विदेशको पिआर प्रकरणमा तानिएका छन् । पूर्वमन्त्री समुना श्रेष्ठ, सचिव किरणराज रेग्मी र उपसचिव रामप्रसाद मैनाली र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक रामकण्ठ माकाजू श्रेष्ठ अहिले पीआर प्रकरणमा मुछिएका छन् । यी उपर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहतको राष्ट्रिय सतर्कता केन्द्रले छानबिन गरेको हो ।

बिज्ञापन

पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग पोल्याण्डको स्थायी आवासीय अनुमति (पिआर) रहेको उल्लेख गर्दै हालिएको उजुरीमाथि छानबिन प्रक्रिया अगाडि बढाइएको छ । मन्त्री श्रेष्ठले २०७५ असार ८ गते पोल्याण्डका नागरिक पाबेल लुकास स्वाकिन्स्कीसँग जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा विवाह दर्ता गरेकी थिइन् ।

बिज्ञापन

पूर्वमन्त्रीका श्रीमान साढे दुई वर्षदेखि एक एक वर्षको म्याद थपेर म्यारिज भीसामा नेपालमा रहेको देखिन्छ । पासपोर्ट नम्बर इएल ९४६८६९३६ का पाबेलले २०२१ डिसेम्बर २ देखि ३६५ दिनको म्यारिज भीसा लिएका थिए । त्यसको एक वर्षपछि सन् २०२२ डिसेम्बर २१ का दिन फेरि ३६५ दिनको सोही भीसा नवीकरण गरेर नेपालमा बसिरहेका छन् । यी सबै विवरणसहित मन्त्रीसँग उताको पीआर रहेको अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धान आयोगमा हालिएको उजुरीका आधारमा केन्द्रले छानबिन गरिरहेको छ।

उता सचिव किरणराज रेग्मी समेत यही पिआर प्रकरणले अप्ठ्यारोमा परिरहेका छन् । ०५१ सालबाट निजामती सेवामा पाइला राखेका रक्षासचिव किरण शर्माले अमेरिकाको स्थायी आवासीय अनुमति पत्र लिएको बिषयमा राष्ट्रिय सर्तकता केन्द्रले छानबिन अगाडि बढाएको हो । यो प्रकरणमा सर्तकता केन्द्रमा उजुरी परेसँगै केन्द्रले उनीमाथि छानबिन प्रक्रिया अगाडि बढाएको हो । दुई बर्षदेखि रक्षा सचिवको जिम्मेवारीमा रहेका शर्मासँग अमेरिकाको स्थायी आवासीय अनुमतिपत्र पिआर रहेको स्वीकारेपछि नैतिक र कानुनी विवादमा फसेका छन् । यस्तै पीआर प्रकरणमा जोडिएका विकल पौडेल अहिले खोरमा पुगेका छन् । नालगाँड आयोजनाका हाकिम जागिरै छाडेर फरार भएका छन् ।

बिज्ञापन

पूर्वमन्त्री श्रेष्ठ र धुलिखेल अस्पतालका कार्यकारी निर्देशक माकाजूको पिआरसम्बन्धी उजुरी गत १९ असारमा केन्द्रमा दर्ता भएको थियो । त्यसको दुई दिनअघि १७ असारमा सचिव शर्मा र उपसचिव मैनालीको उजुरी दर्ता भएको थियो । श्रेष्ठले युरोपियन मुलुकको, माकाजूले अस्ट्रिया, शर्माले अमेरिका र मैनालीले बेलायतको पिआर लिएको उजुरी छ । छानबिनका क्रममा केन्द्रले सम्बन्धित व्यक्तिलाई पनि पत्र काटेर जवाफ मागेको थियो । यस क्रममा श्रेष्ठले आफूले युरोपमा विवाह गरेको, तर पिआर भने नलिएको दाबी गरेकी छिन् ।त्यस्तै, रक्षासचिव शर्माले आफूले ०६२ सालमै अमेरिकी पिआर त्यागिसकेको दाबी गरेका छन् ।धुलिखेल अस्पतालका कार्यकारी निर्देशक श्रेष्ठ र उपसचिव मैनालीले भने जवाफ नै नपठाएका केन्द्रले बताएको छ ।

मैनाली यस्ता भाग्यमानी कर्मचारी हुन, जो सदैव आकर्षक कार्यालय, मन्त्रीका सचिवालयमा घुमरे जागिर खाइरहेका छन् । हाल अर्थ मन्त्रालय मातहतकै सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रका वरिष्ठ प्रशिक्षक (राजश्व) का रूपमा कार्यरत छन्, मैनाली । जहाँका हाकिम छन्, भन्सार विभागबाट लखेटिएका शोभाकान्त पौडेल । मैनाली यो बीचको अवधिमा आन्तरिक राजस्व कार्यालय न्यूरोडमा २ बर्ष बसे । त्यहाँबाट बढूवाका लागि नम्बर सुर्खेत आन्तरिक राजस्व कार्यालयमा पुगे र १० महिनामै त्यहाँबाट चाँजोपाँचो मिलाएर रसुवा भन्सारमा पुगे । रसुवा भन्सार कार्यालयबाट फर्किएपछि विभागमा केही महिना बसे । डा प्रकाशरण महत अर्थ मन्त्री हुनासाथ उनी पुनः सबैभन्दा आकर्षक मानिने सुख्खा बन्दरगाह बीरगंजमा पुगे । सीता गुरुङ शहरी विकास मन्त्री हुँदा उनकै सचिवालयमा कार्यरत थिए । रक्षा सचिव शर्माले झैं मैनालीले पनि आफूले सात आठ बर्ष अगाडि नै पीआर त्यागिसकेको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

पाँचौंदेखि नवौं तहका २३ कर्मचारीलाई सरकारी सेवाबाटै हटाउने तयारी

आगामी आर्थिक बर्षमा १६८ विद्येयक पेश हुने : पहिलो प्रथामिकतामा संघीय निजामती सेवा विद्येयक

राष्ट्रिय किताबखानाको नयाँ व्यवस्था : एक पटक दिएको व्यक्तिगत विवरण फेरि भर्नु नपर्ने, प्रणालीमै स्वतः भरिने

आगामी आर्थिक वर्षमा १६६ विधेयक संसदमा पेस गरिने

करार तथा दैनिक ज्यालादारी कर्मचारीलाई नहटाउन सांसद राईको माग

प्रधानमन्त्रीका सल्लाहकारसँग करार कर्मचारीको सहमति

अवकाशको मुखमा अख्तियार

६ सचिवको सरुवा,अख्तियारमा शर्मा

बिशेष