लाेकसेवाकाे बार्षिक कार्यतालिका सार्वजनिक :कुन सेवा,समूहकाे परीक्षा कहिले ?

लोक सेवा आयोगले चालु आर्थिक वर्ष २०८१/ ०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले बुधबार सूचना निकालेर विभिन्न सेवा र समूहको पदपूर्तिका लागि कार्यतालिका सार्वजनिक गरेको हो ।  आयोगले कर्मचारी पदपूर्ति गर्न आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्य तालिका सार्वजनिक गरेको हो । आयोगले बर्षौदेखि एउटै कार्यतालिका अनुसार सिट संख्या प्रतिशत निर्धारण, विज्ञापन तथा सूचना प्रकाशन,परीक्षा सञ्चालन, नतिजा प्रकाशन,उम्मेदवारको अन्तर्वार्ता र सिफारिसको काम गर्दै आएको छ ।

बिज्ञापन

जसअनुसार,राजपत्र अनंकित प्रथम श्रेणी (प्राविधिक) यस पदको खुला र बढुवाको सिट संख्या प्रतिशत पुस र माघमा निर्धारण गरिन्छ । माघको अन्तिम बुधबार विज्ञापन तथा सूचना प्रकाशन हुन्छ । खुलाको परीक्षा वैशाखमा हुनेछ । लिखित परीक्षाको नतिजा जेठमा प्रकाशित हुन्छ । उम्मेदवारको अन्तर्वार्ता र सिफारिस साउन(भदौमा सार्वजनिक गरिन्छ ।

बिज्ञापन

जसमा निजामती कर्मचारीदेखि, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र सङ्गठित संस्थाहरूको कार्य तालिका समेटिएको छ । जारी सूचनामा राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदको आवश्यकताअनुसार बढुवा गरिने उल्लेख छ ।

त्यस्तै विशिष्ट प्रथम श्रेणी (प्राविधिक र अप्राविधिक तथा अधिकृत प्रथम) सहसचिवको बढुवा आगामी भदौ असोज महिनामा प्रतिशत र सङ्ख्या निर्धारण गरेर त्यसको विज्ञापन सूचना असोज महिनाको अन्तिम बुधवार प्रकाशित गर्ने जनाएको छ । जसको परीक्षा पुस माघ र लिखित परीक्षा फागुन चैत र अन्तरवार्ता चैत वैशाखमा गर्ने आयोगले जनाएको छ ।

बिज्ञापन

राजपत्राङ्कित द्धितिय श्रेणीको कति सङ्ख्यामा खुलाउने भन्ने असोजभित्र निर्धारण गरेर असोज अन्तिममा सूचना प्रकाशित गर्ने र पुस माघमा परीक्षा लिएर वैशाखमा अन्तरवार्ताको कार्य तालिका सार्वजनिक भएको छ ।

त्यस्तै स्वास्थ्य सेवा ११ औ र नवौँ तह विज्ञापन सूचना प्रकाशन, परीक्षा सञ्चालन र अन्तरवार्ता भदौदेखि वैशाखसम्मको समय तालिका छ । निजामतीतर्फ विशिष्ट श्रेणीदेखि चौथो तहसम्मको नियुक्तिका लागि विज्ञापन गर्ने आयोगको तालिका छ ।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

बिशेष