नयाँ कृषिमन्त्री भित्र, मन्त्रालयको कर्मचारी प्रवेशद्वारमा धर्ना

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतका ३७८ कर्मचारीले १६ दिनदेखि मन्त्रालय परिसरमा धर्ना दिइरहेका छन् तर उनीहरुको माग सम्बोधन भएको छैन।

बिज्ञापन

नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले पदभार ग्रहण गर्नु अगावै धर्नामा बसेका कृषि प्राविधिकको समस्या चाँडै समाधान गर्ने प्रतिबद्ध जनाएका थिए । तर लिखितरुपमा कुनै प्रतिबद्धता नआएको समस्या समाधानका लागि समय मागे पनि लिखित रूपमा समस्या समाधानको प्रतिबद्धता नआएकाले धर्ना जारी राखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका योजना अधिकृत माधव पौडेलले जानकारी दिए ।

बिज्ञापन

उनीहरूले समायोजन भएका कृषि सेवाअन्तर्गत कृषितर्फका पुल दरबन्दीमा रहेका ३२८ जनाको समेत स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुनुपर्नेलगायत माग राखेका छन् । उनीहरूले कृषितर्फका प्राविधिक कर्मचारीको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने, सर्वोच्च अदालतबाट रिक्त रहेको पदमा पदपूर्ति हुन भएको परमादेश कार्यान्वयन हुनुपर्नेलगायत चारबुँदे माग राखेका छन् ।

‘सरकारले ०७५ सालमा समायोजन अध्यादेशमार्फत संघमा समायोजन गर्‍यो, त्यसपछि वृत्ति विकासका लागि नियमित रूपमा लोक सेवा खोलिएन, ओएनएम पनि भएन,’ योजना अधिकृत पौडेलले भने, ‘स्थानीय र प्रदेशमा खाली हुँदाहुँदै संघमा समायोजन गरियो । उपसचिव, सहसचिव हुँदा वा अवकाश र राजीनामा दिँदा खाली भएको पदमा कृषि सेवा समूहका कर्मचारीको पद बढुवा भएन । हाम्रो माग पद दर्ता हुनुपर्‍यो भन्ने हो ।’

बिज्ञापन

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा करिब ८ सय कर्मचारी कार्यरत छन् । यसमध्ये करिब १ सय ५० स्थायी कर्मचारी रहेको पौडेल बताउँछन् । बाँकी सबै करारमा छन् । तर स्थायी कर्मचारीको पनि पद दर्ता भएको छैन ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

१० सचिवको दरबन्दी कटौती,बाहिरबाट ५७ जनालाई सचिव सरहकै नियुक्ति

सुमनराज अर्याल पछि को बन्लान नयाँ मुख्यसचिव ?

६० निजामती कर्मचारीलाई छात्रवृत्तिमा कोरिया अध्ययनको अवसर

प्रमुख प्रशासकीय अधिकृत खोज्दै स्थानीय तह,खटाउन सक्दैन मन्त्रालय

३१८ स्थानीय तह बजेट ल्याउन असफल,मधेशका ७५,गण्डकीका २१

सम्पत्ति शुद्धीकरणको राडारमा सुमार्गी,राहदानी रोक्का

विष्णु पौडेलको रिटमा कारण देखाउ आदेश

मनसुन विपद् सामना गर्न सशस्त्र प्रहरीको उच्च सतर्कता, ८ हजारभन्दा बढी जनशक्ति स्टेण्डबाइ

बिशेष