सेनापतिमा बाजी मार्लान् त सिग्देलले ?

अनेकन गलफत्ती र तनावबीच नेपाली सेनाको भावी कमाण्डरमा ३ तारे अशोक सिग्देललाई सिफारिस गर्न लागेको बुझिएको छ । उनीविरुद्ध नागरिकता तथा शैक्षिक प्रमाणपत्रको फरक जन्ममिति प्रकरणमा एक वर्षअघि नै छानबिन भएको थियो । अघिल्लो रक्षामन्त्री पूर्णबहादुर खड्काको पालामा करिब एक महिना लगाएर गरिएको छानबिनमा कैफियत नभेटिएपछि बढुवा गरिएको थियो । त्यसबेला उठेको यो विवादको निरूपण अहिलेका प्रधानसेनापति प्रभुराम शर्मा र निर्मल थापाले गरेका थिए । यसै विषयलाई उठान गर्दा नयाँ डकुमेन्ट र प्रमाण नदेखिएका कारण पनि जर्नेल सिग्देलको नाम सिफारिस गरी पठाउने तयारी भएको दाबी स्रोतको छ ।

बिज्ञापन

त्यसो त सिग्देलको उमेर प्रकरण छत्रमान गुरुङकै पालामा छताछुल्ल भएको हो । तर, पूर्णचन्द्र थापा प्रधानसेनापति भएका बखत समाचार बनेका थिए । त्यसबेला अनन्त कार्की र प्रेम शाहीले आफू चिफ बन्न बाटो खुलाउने क्रममा यो विषयलाई उछालेको आरोप लागेको थियो । पछि यी दुवैले आफ्नो लक्ष्य पूरा गर्न सकेनन् । प्रेम शाहीमाथि कोर्टमार्शल भयो भने अनन्त दुई तारेबाटै रिटायर्ड भए । ताराध्वज पाण्डे र अशोक सिग्देलको प्रकरण करिब करिब एउटै जस्तो देखिन्छ । मुखैमा आएको प्रधानसेनापतिको पद छोडेर पाण्डे अष्ट्रेलियातिर लागेका छन् भने सिग्देल नयाँ जिम्मेवारी लिने सुरसारमा छन् । यी दुबै एउटै व्याचका विद्यार्थी हुन् । दुवैको स्कूलमा भएको जन्ममिति दर्ता र नागरिकतामा लेखिएको विवरण फरक फरक पाइएको थियो ।
तर, सिग्देलको प्रकरणमा भने सपिङ स्कूलका तत्कालीन प्रिन्सिपल कमलसिंह राठौरले जो जससँग सम्बन्धित छ भन्ने पत्र लेखेर फरक जन्ममितिलाई मान्यता दिएका थिए । त्यसैलाई आधार बनाएर सिग्देलले पहिला लिएको नागरिकता हरायो भन्दै पुनः जाजरकोट जिल्ला प्रशासन कार्यालयबाट प्रतिलिपि लिए । नियमसंगत हेर्ने हो भने जुन जिल्लाबाट नागरिकता बनाइएको हो त्यसै जिल्लाबाट प्रतिलिपि लिनुपर्ने थियो तर त्यसो नगर्दा बदनियत भएको देखिन्छ । एक समय पाण्डे र सिग्देल दुवै निकै मदिराप्रेमी भनी चर्चित थिए । अहिले सिग्देलले कडा रक्सी पिउन छाडेका छन् ।

बिज्ञापन

ताराध्वज पाण्डेले जन्ममिति विवादकै कारण जागिर हापेर हिँडेको दाबी गरिए पनि भित्री कुरा भने बेग्लै रहेको स्रोतको दाबी छ । २६ जनवरीमा मनाइने गणतन्त्र दिवशको दिन लाजिम्पाटस्थ्ति भारतीय दूतावासमा आयोजित कार्यक्रममा जाँडको तालमा मनपरी बोलेपछि उनीविरुद्ध भारतीय कूटनीतिज्ञहरू लागेको बताइन्छ । यो घटनापछि पनि पाण्डेले सोल्टी होटलमा आयोजित एक कार्यक्रममा भारतीय दूतावासका कर्णेल अमित शर्मालाई ‘यु ब्लडी इन्डियन’ समेत भन्न भ्याएका थिए । यस्तो व्यवहार गर्ने नेपाल आर्मीको चिफ भए हामीलाई मान्य नहुने भन्दै भारतीय राजदूतले विरोध जनाउँदा उनी रोलक्रमबाट वञ्चित भएको स्रोतको दाबी छ ।

एकताका नेपाली सेनाले बन्द रहेको हेटांैडा कपडा उद्योग सञ्चालनमा ल्याउने र त्यसको प्रमुख बनाएर इञ्जिनियर जर्नेल भोला बुढाथोकीलाई पठाउने योजना थियो । तर सेनाले कपडा उद्योग सञ्चालन गर्न नहुने भन्दै विवाद बढेपछि उनी जाने कुरा बीचैमा रोकिएको छ । तै पनि उनी भक्तपुर खरिपाटीस्थित सैनिक इञ्जिनियरिङ कलेजको प्रमुखमा पदस्थापन हुने दाउमा छन् भनिन्छ । उनी पनि २५ बेसिकका हुन् । उपलब्ध प्रमाणका आधारमा २०२३ सालमा जन्मेको व्यक्तिले कसरी सेनाको २५ बेसिकमा जागिर पाउन सक्छ भन्ने प्रश्न पनि उठाइएको छ । तर, यस प्रकरणमा उनको प्रमाणपत्र सच्याउने र मान्यता दिने त्रिभुवन विश्वविद्यालयलगायत तालुकदार अड्डासमेत दोषी देखिन्छन् । सो बेसिकका जर्नेल निर्मल थापाबाहेक अरू सबै रिटायर्ड भइसकेका छन् ।

बिज्ञापन

(साभार:जनआस्था साप्ताहिकबाट)

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सरुवा मापदण्ड संशोधन

१५ सेकेन्डले बाँचेको जीवन : १५ सेकेन्डले हराएका मेरा साथीहरूको खोजीमा

भोटेकोशी प्रलयमा परी १६० राष्ट्रसेवक वेपत्ता,चारको मृत्यु

उपसचिव सिडियो,उनकै मातहतमा खटाइयो सहसचिव

निजामती सेवा दिवसका सम्पूर्ण कार्यक्रम रद्ध

६४ हजार घुस रकमसहित पक्राउ परिन शाखा प्रमुख

भोटेकोशी बाढीको क्षति मूल्याङ्कनदेखि वैकल्पिक राजमार्ग सञ्चालनसम्म, बागमती सरकारका सात निर्णय

रसुवा र धादिङलाई वैकल्पिक मार्गबाट सडक सञ्जालमा जोडिसक्यौँः सडक डिभिजन प्रमुख शर्मा

बिशेष