नरहाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्धा दायर

काठमाडौँ । सिराहाको नरहा गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत र लेखापालविरुद्ध मुद्धा दायर गरिएको छ ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन प्रमुख प्रशासकीय अधिकृत भवेश कुमार झा र लेखापाल सुरेश कुमार कुसियैतले औषधि खरिद गर्दा अनियमितता गरेको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले झा र कुसियैतलाई जनही ६ लाख २० हजारको बिगो तोकेर मुद्धा दायर गरेको छ ।

अख्तियारले भनेको छ- ‘गाउँ कार्यपालिकाको कार्यालयले नियोमेड इन्टरनेशनलसँग खरिद गरेको जम्मा ५७ प्रकारका औषधिजन्य मालसामानहरूको नियम विपरित भुक्तानी आदेश र जिन्सी दाखिला प्रतिवेदन विना नै आपूर्तिकर्ताले पेश गरेको बिल बमोजिमकै सम्पूर्ण रकम आपूर्तिकर्तालाई भुक्तानी गरी ५७ प्रकारका औषधिजन्य मालसामानहरू मध्येबाट रु.६,२०,०९६।- बराबरका औषधिजन्य मालसामानहरू वितरण नगरी/नगराई औषधिजन्य मालसामानहरू हानिनोक्सानी गरे/गराएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा रु.६,२०,०९६।- (छ लाख बीस हजार छयानब्बे रुपैयाँ) बिगो कायम गरी मुद्धा दायर गरिएको छ ।’

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

नेपालको निजामती सेवा ऐन ,संशोधन र सम्भावनाहरू 

नेपालको निजामती सेवा ऐन,संशोधन र सम्भावनाहरू

कर्मचारी भित्र लुकेको पिडा

निजामती सेवा प्रवेशको अधिकतम उमेर हद घटाइयो

महानिर्देशक खोज्दै नेपाल नागरिक उड्डयन प्राधिकरण

निजामतीको परिभाषा भित्र परेनन स्थानीय र प्रदेशका कर्मचारी

निजामतीमा ११ सेवाको प्रस्ताव, ५ सेवाबाट सचिव हुन नपाइने

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

बिशेष