कस्तो साईनो फेरियो आमा,
बिज्ञापन
छोरी शब्द भेटिन मैले,
बिज्ञापन
जन्म दिने मेरि आमा,
संगै बस्न सकिन मैले !!
बिज्ञापन
बिचलित हुन्छु कतै,
टाढिएछु आफै भनी ,
सम्हालिन्छ मन फेरि,
चलन यस्तै होकी भनी !!
छोरी के छ सन्चो भनी,
सोध्ने गर्थेउ पैले पैले,
बुहारीको दर्जा पाए,
कस्ले सोध्ला भन्छु ऐले !!
परम्परा कस्तो रह्यो,
अर्कै घर जानू पर्ने,
प्राण प्यारा बाबू आमा,
जन्म घरलाई त्याग्नु पर्ने !!
कस्तो साईनो फेरियो आमा,
छोरी शब्द भेटिन मैले,
जन्म दिने मेरी आमा,
संगै बस्न सकिन मैले !!
अमृता कार्की, सोलुखुम्बु
प्रतिक्रिया दिनूहोस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%





























