६ अशक्तलाई घरमै नागरिकता

शारीरिक रुपमा अशक्त भई हिँडडुल गर्न नसक्ने व्यक्तिलाई जिल्ला प्रशासन कार्यालय तेह्रथुमले घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी मीना अर्यालले शारीरिक रुपमा अशक्त भई हिँडडुल गर्न नसक्ने ६ जनालाई घरमै पुगेर नागरिकता प्रदान गरेकी हुन ।

बिज्ञापन

अर्यालले छथर गाउँपालिकाका ६ जना पूर्ण अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गरेका हुन । अर्यालले छथर गाउँपालिकाको वडा नम्बर ५ को ओख्रे, रातामाटे र खाल्डेका साथै वडा नम्बर ३ को पंचकन्याका २ घर र वडा नम्बर १ को ठकुरी गाउँमा पुगेर सेवा प्रदान गरेकी हुन ।

बिज्ञापन

नागरिकता वितवरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अर्यालका साथैं जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा राम पसाद भट्टराइ र किशोर भण्डारी समेतको उपस्थिति थियो । यस्तै छथर गाउपालिकाका अध्यक्ष संतविर लिम्बुको टीमले सहकार्य र समन्वयमा नागरिकता वितरण सफलतापूर्वक सफल भएको जिल्ला प्रशासन कार्यालय तेह्रथुमले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी अर्यालले शनिवार सार्वजनिक बिदाको दिन विहान ७ बजेदेखि साझ ७ बजेसम्म समय लागेको थियो । पूर्ण अपांगता भएका ( रातो कार्ड प्राप्त )व्यक्तिलाइ घर घरमै पुगी नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरेको हो ।

बिज्ञापन

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

दोहोरो सुविधा नियन्त्रणमा सरकार कडा: पूर्वविशिष्टका सवारी विवरण आजै बुझाउन निर्देशन

हरित वित्त: विकास र प्रकृतिबीचको सन्तुलन

एनटीएनसीमा अटेर कर्मचारीको हालीमुहाली, कोही सरुवा नटेर्ने त कोही गाडी दुरुपयोगमै मस्त

कर्मचारीहरूको गाडी थुत्ने: मन्त्रीका स्वकीय गाडीमा राज गर्ने

सचिव सिग्देल र मन्त्रीको सल्लाहकारको गठबन्धन: नियुक्तिमा चलखेल गर्दै

आन्तरिक राजस्व विभागको महानिर्देशकको जिम्मेवारी रमेश अर्याललाई

बागमतीमा वैशाख २४ मा सार्वजनिक बिदा

ट्रेड युनियन खारेज,कर्मचारीको गुनासो सुनुवाइको व्यवस्था

बिशेष