भ्रष्टाचारमा तानिए पशुसेवा विज्ञ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र सर्लाहीका तत्कालीन निमित्त कार्यालय प्रमुख डा सुनिलकुमार यादवलगायतका व्यक्ति विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले उनीसहित  तत्कालीन योजना प्रमुख सुरेन्द्र महतो कोइरी, चक्रघट्टा गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष रामईश्वर ठाकुर लोहार, आम्रपाली बहुमुखी सहकारी संस्थाका अध्यक्ष मृगेन्द्रप्रसाद यादव, उपाध्यक्ष जयनारायण राय र व्यवस्थापक जयनन्दन राय यादवविरुद्ध समेत आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको जनाइएको छ ।

बिज्ञापन

 

बिज्ञापन

चक्रघट्टा गाउँपालिका–९, गोइयाहीमा सञ्चालित आम्रपाली सहकारीलाई कृषि सेड निर्माणको लागि भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट रकम उपलब्ध गराएकोमा उनीहरुको मिलेमतोमा हिनामिना तथा भ्रष्टाचार गरिएको अख्तियारको आरोप छ ।फिल्डमा भएको कार्यभन्दा बढीको मूल्यांकन गराई रु नौ लाख ७७ हजार १६ बराबरको भ्रष्टाचार भएको अभियोगमा निमित्त कार्यालय प्रमुख यादवलाई बिगो बमोजिमको कारवाहीको माग गरिएको छ

‘कृषि सेड निर्माण सम्बन्धमा फिल्डमा भएको कार्यभन्दा बढी कार्यको मूल्यांकन गराई आम्रपाली बहुमुखी सहकारी संस्थाले पेश गरेको नापी किताब तथा कार्यसम्पन्न प्रतिवेदनको सत्यता जाँचबुझ नगरी नगराई स्वीकृत गरी ९ लाख ७७ हजार १६ रुपैयाँ भुक्तानी दिइएको,’ अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञापन

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को कसुर गरेको देखिएको उल्लेख गर्दै दायर मुद्दामा सोही ऐनबमोजिम जरिवाना तथा कैद हुन र उक्त रकम जफत गर्न समेत मागदाबी गरिएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

१५ उपसचिवहरुको सरुवा

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको संगठन संरचना स्वीकृत, दरबन्दी दर्ता गर्ने दोस्रो मन्त्रालय बन्यो

बोलबम घटनापछि सुनसरीका सीडीओ बासुदेव घिमिरे र प्रहरी प्रमुख हटाइने तयारी

नेपाल एसबीआई बैंकभित्र समस्या नै समस्या

कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित

हुलाकी सडकको एउटा सानो पुल, जसले जोड्यो दुई किनारा मात्र होइन, स्थानीयको वर्षौंदेखिको प्रतीक्षा

नयाँ संगठन तथा पद दर्ता प्रक्रिया सुरु: राष्ट्रिय कितावखानाले द्रुत प्रक्रियाबाट गर्‍यो २८३ पद दर्ता

बिशेष