यस्ता छन् मन्त्रिपरिषद् बैठकका १६ निर्णयहरु

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले राजीनामा स्वीकृत,नियुक्तिदेखि आयोग खारेजसम्मका निर्णयहरु गरेको छ ।
पुर्नगठित मन्त्रिपरिषद्को चौथौं बैठकले भूमी आयोग विघटनदेखि योजना आयोगमा ४ सदस्यको नियुक्ति सहितका विभिन्न १६ निर्णय गरेको हो ।
हिजोको क्याविनेट बैठकले आयोगको रिक्त ४ सदस्य पदमा प्राध्यापक संगीता सिंह, डा। कुसेन्द्रबहादुर महत, प्रा डा शिवराज अधिकारी र डा अरनिकोकुमार पाण्डेलाई नियुक्त गरेको छ ।
यस्तै श्रम सचिव केवल भण्डारीको राजीनामा स्वीकृत गरेको छ भने सहसचिव चुडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

बिज्ञापन

सोही बैठकले उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी नेतृत्वको प्रतिनिधिमण्डललाई चैत ११ गतेदेखि १९ गतेसम्मका लागि चीन भ्रमण गर्न स्वीकृति दिएको छ।

बिज्ञापन

यस्तै, हिजैको बैठकले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका ३ सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ । ३ महिनाभित्र सुझावसहितको प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्व न्‍यायाधीश तेजबहादुर कार्कीको अध्यक्षतामा पूर्व एआइजी पुस्कर कार्की र चार्टर्ड अकाउन्टेन्ट सञ्जीव मिश्र सदस्य रहने गरी आयोग गठन गरेको हो ।

मन्त्रिपरिषद्का निर्णयहरु हेर्न यहाँ क्लिक गर्नुहोस

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

बढ्यो राष्ट्रपति, प्रधानमन्त्रीदेखि सांसदको तलब ,कसको कति ?

किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार सर्वाेच्च अदालतमा उपस्थित गराउन आदेश

चौंथोदेखि सातौं तहसम्म २५ करार कर्मचारी भर्ती गर्दै वैकल्पिक उर्जा केन्द्र

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाई न्यायधीश ढकालको इजलाशमा

सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस

सचिवको कमाण्डमा ‘सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय’ स्थापना

निजामती सेवामा अवकाश: तथ्य, भ्रम र भविष्य

‘कर्मचारीलाई संसदमा बोलाएर राजनीतिक थुतुनेसँग भिडाउन मिल्दैन’ : पूर्वसचिव उपाध्याय

बिशेष