सरुवा माग्ने शिक्षिकासामु यौन प्रस्ताव

मोरङको कानेपोखरी गाउँपालिकाका शिक्षा शाखा अधिकृत बेगबहादुर काफ्लेको एउटा यौन लीला यतिबेला सामाजिक सञ्जालमा छताछुल्ल भएको छ । स्थायी नियुक्ति लिएको ३ वर्ष अन्यत्रै कार्यरत कानेपोखरीकी प्राथमिक शिक्षिकाको घरपायक सरुवा मिलाइदिँदा काफ्लेले यौन प्रस्ताव राखेपछि सो काण्ड छताछुल्ल भएको हो । ती शिक्षिकाले त्यस्तो गर्न नसक्ने बरु आर्थिक रूपमा के–कति खर्च लाग्छ व्यहोर्छु भनेकी थिइन् तर काफ्लेले आर्थिक पाटो र यौनको पाटो अलग्गै हो भन्दै पटक–पटक यौन प्रस्ताव राखिरहेपछि सो काण्ड छताछुल्ल भएको छ ।

बिज्ञापन

हाल कानेपोखरीका अधिकांश मानिसको म्यासेञ्जरमा काफ्लेले महिलासँग गरेको कुराकानीको स्क्रिन सट पुगेको छ । काफ्लेले बारम्बार यौन प्रस्ताव राख्दै म्यासेज डिलिट गर्न थालेपछि ती शिक्षिकाले स्क्रिन सट राखेकी थिइन् । आफ्नो बेइज्जत हुने डरमा काफ्लेले आफ्नो म्यासेञ्जर नै कसैले ह्याक गरेर चलाएको भन्दै शिक्षिकालाई फेसबुकमा ब्लक गरेका थिए । यो विषय बाहिर आएपछि शुक्रबारदेखि नै काफ्ले कार्यालयमा अनुपस्थित छन् । अधिकृत काफ्लेले आफूले कसैसँग गफ नगरेको र पुराना दुश्मन र कसैले आफूलाई फसाउन खोजेको दाबी गरेका छन्् । उता, ती शिक्षिकालाई भने म्यासेञ्जरको स्क्रिन सट किन र कसलाई दिएको भन्दै सबैले ¥याख¥याख्ती पारिरहेका छन्् । गाउँपालिकाले बेइज्जती केस सामसुम पार्न खोजे पनि स्क्रिन सट सार्वजनिक भएपछि शिक्षिकाले स्क्रिन सट पठाएका कुन शिक्षक वा नेताले मिडियामा दियो भनेर खोजी गर्न थालिएको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसामा जोडिएका अधिकृत नेपाल सामान्य प्रशासनमा, सरुवा आतंकको आरोप

लालपुर्जा वितरणमा मालपोत होइन, सीडीओलाई अन्तिम अधिकार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

बिशेष