कार्यालयको फाइल बोकेर किन होटल धाइरहन्छन् यी अधिकृत ? 

कार्यालयको फाइल बोकेर कोही कर्मचारी किन होटल होटलमा दौडन्छ ? कार्यालयमा कम र होटलमा बढी भेटिन्छन्,त्रिपुरेश्वरका एक कर्मचारी ।

बिज्ञापन

तिनै कर्मचारीबाट उद्योगी र व्यवसायीहरुले हैरानी खेप्नु परेको गुनासो उद्योग विभागको हाकिमसम्म नपुगेको होइन तर हाकिमले पनि उनलाई छुन वा चलाउन सकिरहेका छैनन् ।

बिज्ञापन

यसरी त्रिपुरेश्वरस्थित उद्योग विभागमा बसेर उद्यमीहरुलाई त्राहीमाम बनाउने अधिकृत हुन बसन्त बहादुर खत्री । यस अघि ट्रेडमार्क शाखामा बसेर उद्यमी तथा व्यवसायीहरुलाई सताउँदै आएका उनी अहिले अनुमति शाखामा बसेर दुख दिन थालेका छन् । उद्यमी तथा व्यवसायीहरु सबैभन्दा पहिला ठोकिने शाखा हो त्यो । त्यही शाखाबाट अनावश्यक व्यवसायीहरुलाई दुख र हैरानी दिन थालेको गुनासो कर्मचारी प्रेसका सम्पर्कमा आएका उद्योगीहरुले कर्मचारी प्रेस डटकमसँग गरेका छन् ।

एकातिर विदेशी लगानी भित्र्याउने उद्योग चर्चा छ,अर्काेतिर वैशाखमै अन्तराष्ट्रिय लगानी सम्मेलनको तयारी हुँदैछ तर त्यही उद्योग विभागको अनुमति तथा दर्ता शाखामा बसेका कर्मचारीहरुका कारण त्रिपुरेश्वरस्थित विभाग बदनाम हुन पुगेको कर्मचारीहरुले नै बताएका छन् । विभागको उक्त शाखामा बसेका केही कर्मचारीहरुले शाखालाई कमाउ अड्डा बनाउँदा उद्योगी ब्यापारीसमेत आजित हुन पुगेको गुनासो वालुवाटारसम्म पुगेको छ ।

बिज्ञापन

अहिले विभागको यो शाखाको निर्देशकको कुर्सीमा छन्,मनोज रेग्मी । रेग्मीको टिममा छन्,शाखा अधिकृत विकास चन्द्र शर्मा,बसन्त खत्री,दीपक दाहाल,दुर्गादत्त भट्ट लगायतले रेग्मीलाई भरपूर साथ दिएका छन् । यही टिममा रहेका बसन्तका कारण अहिले व्यवसायीहरुलाई आजित बनाउने गरेको गुनासो उद्यमी तथा व्यापारीहरुले गरेका छन् । यो टिममा रहेकामध्ये धुरन्धर अधिकृत हुन बसन्त बहादुर खत्री । पहिला रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा रहेर त्यहाँका अध्यक्ष उपेन्द्र लम्सालसँग मिलेर खेलोफड्को मच्चाएर उनी त्रिपुरेश्वरस्थित विभागमा आइपुगेका हुन ।

उनले फाइल होल्ड गरेर राख्ने र डिल मिलेपछि मात्र वानेश्वर वा त्रिपुरेश्वरतिरको होटलमा गएर डिल गर्ने गरेको आरोप छ । अफिसको फाइलै बोकेर हिड्ने र होटल होटलमा पुगेर डिल गर्ने गरेको आरोप लाग्दै छ उनीमाथि । अर्काे चल्तापूर्ता दीपक दाहाल लामो समय मालपोतमा बसे । बदमासीमा मुछिएकै कारण प्रहरीको केन्द्रीय अनुसन्धान विभागले केही समय थुनेको बताइन्छ । यी कर्मचारीहरुले मनोज रेग्मीको संरक्षणमै बदमासी गर्दै आएको कर्मचारीहरु सुनाउँछन् । त्यहाँका निर्देशकदेखि शाखा अधिकृतहरुले फाइल जाम गर्ने,व्यापारीहरुसँग अनावश्यक मोलमोलाई गर्ने गरेको आरोप लगाउँछन् व्यापारीहरु । ट्रेडमार्क शाखामा हुँदा मनोज रेग्मीले यसैगरी व्यवसायीहरुलाई दुख दिदै आएकोमा अहिले अनुमति शाखाका पुगेपछि फाइलका कमा र पूर्णबिराम समेत हेरेर सताउन थालेका छन् । यो शाखामा कर्मचारीहरुको बदनियतका कारण अहिले शाखाको नाम नै ‘फाइल जाम’ गर्ने शाखाका रुपमा चिनिन थालेको छ ।

कार्यालयको फाइल बोकेर होटल होटलमा पुग्ने गरेको बिषयमा प्रतिक्रिया लिनका लागि कर्मचारी प्रेसले पटक पटक अधिकृत बसन्तलाई फोन सम्पर्क गर्दा उनी हाम्रो सम्पर्कमा आउन चाहेनन् ।

उक्त विषयमा विभागका महानिर्देशक यज्ञ प्रसाद कोइरालासँग बुझ्दा आफूलाई जानकारी नभएको र यस्तो भएमा तुरुन्तै स्पष्टीकरण सोध्ने र कारबाही गर्ने बताएका छन्।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष