पत्नीसँग नक्कली डिभोर्स गरेका न्यौपाने सम्पत्ति शुद्धीकरण मुद्धामा दोषी ठहर

सक्कली विवाह नक्कली डिभोर्स गर्नेको भीडमा थपिएका थिए गुरु प्रसाद न्यौपाने । पाँच बर्ष अघि सम्पत्ति जोगाउनका लागि पत्नीसँग  नक्कली डिभोर्स गरेका थिए । व्यापारीहरुमा आफ्नो व्यावसायिक जीवनमा समस्या परेपछि कागजी सम्बन्ध विच्छेद गर्ने प्रचलन बढ्दै गएको छ । जसरी गरिबका छोराछोरी अमेरिका,अष्ट्रेलिया जान नक्कली विवाह गरेर समस्यामा पर्दछन् । त्यस्को ठीक विपरित धनाढ्यहरु चाहिँ सम्पत्ति जोगाउने नाममा नक्कली डिभोर्स गरेर समस्यामा पर्ने थालेका छन् ।

बिज्ञापन

बैंकर इच्छाराम तमाङले झैं गुरुले पनि वृद्ध पत्नी सावित्री न्यौपानेसँग नक्कली डिभोर्स गरेका थिए । उनले आफू समस्यामा परेपछि सम्पत्ति जोगाउन उनले पत्नीसँग कागजी सम्बन्ध विच्छेद गरेका थिए । त्यो नक्कली डिभोर्सका कारण उनको साढे दुई करोड सम्पत्ति जोगिएको थियो । जनता बैंकको अध्यक्ष भएका बेला न्यौपानेले श्रीमती सावित्रीदेवीका नाममा ८५ हजार कित्ता सेयर भित्री रुपमा किनेका(इन्साइडर ट्रेडिङ) गरेका थिए ।

बिज्ञापन

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा सञ्चालकले पदमा वहाल रहँदा आफू र परिवार कसैको नाममा पनि त्यही संस्थाको शेयर खरिद गर्न पाइँदैन । यसरी न्यौपानेले इन्साइडर ट्रेडिङ गरेको पुष्टि भएपछि उनकी पत्नी सावित्रीदेवीको नाममा भएको सेयर जफत गर्न राष्ट्र बैंकले जनता बैंकलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनपछि जनताले सावित्रीदेवीको नाममा रहेको सेयर जफत गरी लिलामी प्रक्रिया अघि बढाएको थियो । सेयर लिलामी गर्ने अन्तिम मिति अघि नै चलाखी गरेर पत्नीलाई डिभोर्स मुद्धा हाल्न लगाइएको थियो । पछि तिनै डिभोर्स गरिएकी पत्नी बोकेर उनी लण्डन हानिएका थिए । न्यौपाने अहिले पनि डिभोर्स गरेका पत्नीसँगै बस्दै आएका छन् ।

उनै न्यौपानेलाई विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्धामा दोषी करार गरेको हो । शेयरको भित्री कारोबार (इनसाईड ट्रेडिङ) गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी पावर कम्पनीका पूर्वअध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध मंगलबार उनीमाथि कसुर कायम गर्दै सजाय निर्धारणका लागि अर्को पेसी तोकेको हो।

बिज्ञापन

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। यसै मुद्दाका अर्का प्रतिवादी कुवेरमणि नेपालले भने सफाइ पाएका छन्। न्यौपाने र नेपाललाई प्रतिवादी बनाउँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले १३ कात्तिकमा मुद्दा दायर गरेकोमा पाँच महिना नपुग्दै फैसला आएको हो। विभागले उनीमाथि एक करोड ९९ लाख रुपैंया विगो मागदावी गरेको छ । विभागले गत २३ कार्तिकमा नै न्यौपाने विरुद्धको मुद्दा विशेष अदालतमा दर्ता गरेको हो ।

उनी २०५६ सालदेखि नै रिडी पावरका संस्थापक, प्रवर्द्धक र प्रमुख कार्यकारी अधिकृत थिए ।उनी अध्यक्ष रहकै बेला २०७८ जेठ ४ गते रिडी पावरले आफूसँग भएको रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १४ लाख कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णयभन्दा डेढ महिना अघिदेखि नै तत्कालीन अध्यक्ष न्यौपानेले रिडीको सेयर किनेको भेटिएको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भिजिट भिसामा जोडिएका अधिकृत नेपाल सामान्य प्रशासनमा, सरुवा आतंकको आरोप

लालपुर्जा वितरणमा मालपोत होइन, सीडीओलाई अन्तिम अधिकार

नेपालको ब्याटिङ फेरि चुक्यो, एसिया कपको सपना पनि समाप्त

एउटा निजामती कर्मचारी उत्पादन गर्न कति लगानी गर्दछ राज्यले ?

मधेश स्वास्थ्यमा ‘डबल कमाण्ड’ विवाद : एक चिकित्सकको हातमा दुई अड्डा, कानुनभन्दा बलियो प्रभावशाली सञ्जाल ?

भूपु कर्मचारीको सल्लाह अनुसार ल्याइदैंछ ५५- ३० को प्रावधान

५५ वर्ष उमेर वा ३० वर्षे सेवाअवधि : प्रशासन सुधारको नाममा अर्को ‘कोतपर्व’ को तयारी ?

हालसम्म चार हजारले बुझाए सम्पत्ति विवरण,असार मसान्तसम्म थपियो म्याद

बिशेष