कार्यालयबाट बिदा लिएर हिडेका प्रशासकीय अधिकृत बाटैबाट पक्राउ

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन्। उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

६ बर्ष अघि जिल्ला प्रशासन कार्यालयमा बसेर बदमासी गर्ने अधिकृत अहिले प्रहरीको फेलामा परेका हुन । प्रशासनमा बसेर विदेशी नागरिकलालाई नेपाली नागरिकता दिनेदेखि दोहोरो नागरिकता जारी गर्ने बदमासीमा मुछिएका उनलाई काभ्रेबाटै प्रहरीले पक्राउ गरेको हो ।खरेल,२०७४ भदौबाट इलाका प्रशासन कार्यालय महाभारत घर्तीछापको दरबन्दीमा हाजिर भएका थिए । उनैले दोहोरो नागरिकता दिएका विदेशी नागरिकहरु अहिले सुन तस्करीको आरोपमा पक्राउ परेसँगै विगतमा खरेलले गरेको बदमासी छरपष्ट भएको हो ।

बिज्ञापन

उनले वेल्जियन नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिएको आरोप छ। यस्तै राजु गुरुङ र कुलानन्द भण्डारीलाई झुटा विवरणको आधारमा दोहोरो नागरिकता दिएको पाइएको छ। निमाको नाममा ६ बर्ष अगाडि २०७४ साल पुस २० गते नागरिकता जारी गरेका थिए । प्रशासनले ३०–०१–७४–११८६८ नम्बरको नागरिकता नागरिकता जारी गरेका थिए भने यही नम्बरको काठमाडौ महानगरपालिका–४ स्थायी ठेगाना भएका राजु गुरुङले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका स्थायी ठेगाना राखी काभ्रेपलाञ्चोकबाट २०७४ मङ्सिर १३ गते ३०–०१–७४–१०९७७ नम्बरको दोहोरो नागरिकता जारी गरेको भेटिएको थियो ।

एकै दिन जिल्ला प्रशासन कार्यालयले ५१ वटा नागरिकता वितवरण गरेको भेटिन्छ । ११८३० बाट ११८७१ नम्बरसम्मको नागरिकतामध्ये ११८६० बाट मात्रै खरेलको हस्ताक्षर छ । त्यसअघिको ४० वटा नागरिकतामा अधिकृत सीताराम थापाले सही गरेका छन् । खरेल हाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत छन्,सूचना अधिकारीका रुपमा । त्यहाँका अधिकृत सातौँ हुन । प्रहरी कारवाहीको सुँइको पाएर उनी नगरपालिकाबाट उपचारका लागि भारत जान भन्दै बिदा लिएर हिडेका थिए ।उनलाई काभ्रेबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

पाँच वर्षअघि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गरेको छानबिनका क्रममा निमालगायत ३ सय ५० जना विदेशी नागरिकले नागरिकता लिएको तथ्यसहितको प्रतिवेदन गृह मन्त्रालयमा पुगेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुनविपरीत गृहजिल्लाको सिडिओ बनेकी स्किमको चुरीफुरी

सहरीमा बेमौसमी सरुवा

कुलिङ पिरियडका कारण प्रधानमन्त्रीबाट हप्की खाएका मन्त्री भन्छन्,निजामती विद्येयकमा ‘कमा र फुलस्टप’ पनि परिवर्तन हुँदैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा, योजना र ठेक्का प्रक्रियामा अनियमितताको आरोप

इजरायलस्थित नेपालीहरूको सुरक्षामा सहयोग गर्ने इजरायली प्रतिबद्धता : वैदेशिक रोजगार विभाग र इजरायली राजदूतबीच वार्ता

उपसचिव र नासु अख्तियारको नियन्त्रणमा

सेवा निबृत्त कर्मचारीको माग पुरा गर्न पेशागत महासंघको आग्रह

बिशेष