कार्यालयबाट बिदा लिएर हिडेका प्रशासकीय अधिकृत बाटैबाट पक्राउ

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेल पक्राउ परेका छन्। उनलाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

बिज्ञापन

६ बर्ष अघि जिल्ला प्रशासन कार्यालयमा बसेर बदमासी गर्ने अधिकृत अहिले प्रहरीको फेलामा परेका हुन । प्रशासनमा बसेर विदेशी नागरिकलालाई नेपाली नागरिकता दिनेदेखि दोहोरो नागरिकता जारी गर्ने बदमासीमा मुछिएका उनलाई काभ्रेबाटै प्रहरीले पक्राउ गरेको हो ।खरेल,२०७४ भदौबाट इलाका प्रशासन कार्यालय महाभारत घर्तीछापको दरबन्दीमा हाजिर भएका थिए । उनैले दोहोरो नागरिकता दिएका विदेशी नागरिकहरु अहिले सुन तस्करीको आरोपमा पक्राउ परेसँगै विगतमा खरेलले गरेको बदमासी छरपष्ट भएको हो ।

बिज्ञापन

उनले वेल्जियन नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिएको आरोप छ। यस्तै राजु गुरुङ र कुलानन्द भण्डारीलाई झुटा विवरणको आधारमा दोहोरो नागरिकता दिएको पाइएको छ। निमाको नाममा ६ बर्ष अगाडि २०७४ साल पुस २० गते नागरिकता जारी गरेका थिए । प्रशासनले ३०–०१–७४–११८६८ नम्बरको नागरिकता नागरिकता जारी गरेका थिए भने यही नम्बरको काठमाडौ महानगरपालिका–४ स्थायी ठेगाना भएका राजु गुरुङले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका स्थायी ठेगाना राखी काभ्रेपलाञ्चोकबाट २०७४ मङ्सिर १३ गते ३०–०१–७४–१०९७७ नम्बरको दोहोरो नागरिकता जारी गरेको भेटिएको थियो ।

एकै दिन जिल्ला प्रशासन कार्यालयले ५१ वटा नागरिकता वितवरण गरेको भेटिन्छ । ११८३० बाट ११८७१ नम्बरसम्मको नागरिकतामध्ये ११८६० बाट मात्रै खरेलको हस्ताक्षर छ । त्यसअघिको ४० वटा नागरिकतामा अधिकृत सीताराम थापाले सही गरेका छन् । खरेल हाल सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कार्यरत छन्,सूचना अधिकारीका रुपमा । त्यहाँका अधिकृत सातौँ हुन । प्रहरी कारवाहीको सुँइको पाएर उनी नगरपालिकाबाट उपचारका लागि भारत जान भन्दै बिदा लिएर हिडेका थिए ।उनलाई काभ्रेबाटै प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

पाँच वर्षअघि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले गरेको छानबिनका क्रममा निमालगायत ३ सय ५० जना विदेशी नागरिकले नागरिकता लिएको तथ्यसहितको प्रतिवेदन गृह मन्त्रालयमा पुगेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

सरकारी ठेक्का ह्याकिङ प्रकरणः शहरीका सुब्बा मुख्य योजनाकार

बिशेष