बयानका लागि अर्काे ठूला माछालाई अख्तियार ६ नम्बर पिलरमा बोलाइयो

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काे एउटा ठूला माछालाई बयानका लागि टंगालमा डाकेको छ ।जागिरे जीवनका कालखण्डमा विभिन्न आकर्षक आयोजना कार्यालयमा बसेर अनियमितता गरेको उजुरी उपर छानबिन गरिरहेको अख्तियारले हाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकको कुर्सीमा रहेका प्रदीप अधिकारीलाई बयानका लागि अख्तियारमा डाकिएको टंगाल स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रेम बहादुर आले पर्यटनमन्त्री हुँदा बरिष्ठ कर्मचारीहरुलाई पाखा लगाउँदै कनिष्ठ कर्मचारी प्रदीप अधिकारीले त्यहाँ महानिर्देशकको जिम्मेवारी पाएका थिए,०७८ साल माघ १७ गते उनले महानिर्देशकको पदबहाली गरेका थिए । अधिकारी ०६४ सालमा प्राधिकरणमा सातौं तहमा इन्जिनियरका रुपमा सेवा प्रवेश हुन । २०७४ सालमा आठौं तहमा रहेका बेला खुला प्रतिस्पर्धाबाट ११औं तहमा नाम निकाल्न सफल भएका थिए । नागरिक उड्डयन प्राधिकरणमा १२ औं तहका कर्मचारी भोलाप्रसाद गुरागाईं, प्रतापबाबु तिवारी, हंशराज पाण्डेय, देवचन्द्र लाल कर्ण, गोविन्दप्रसाद दाहाल र प्रेमनाथ ठाकुर कार्यरत छन् । उनीहरुलाई बाइपास गर्दै मन्त्री आलेले ११औं तहमा कार्यरत कनिष्ठ प्रदीप अधिकारीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक नियुक्त गरिएको थियो । यस अघि विभिन्न विमानस्थलमा कार्यालयमा बसेर अकुत आर्जन गरेको र भ्रष्टाचार गरेको आरोपमा उनीमाथि मुद्धामाथि मुद्धाको चाङ छन् । त्यही बिषयमा अख्तियारले अनुसन्धान गरिरहेको छ । टंगाल स्रोतका अनुसार अधिकारीलाई आज बिहान अन्तिम बयानका लागि त्यहाँ डाकिएको हो ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतका अनुसार,नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी अन्तिम बयानका लागि बिहान साढे १० बजे टंगालस्थित कार्यालयको ६ नम्बर पिल्लरमा डाकिएको हो ।

अधिकारी यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख थिए । सबैभन्दा धेरै अनियमितता उनैबाट भएको बताइन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेलमा बस्न नपर्ने

अकिंत कर्णको कहालीलाग्दो संघर्ष : २७ प्रयास पछि बल्ल स्थायी नियुक्तिका लागि सिफारिस

एकैपटक म्याडमद्वारा महिनाभरको हाजिर

डिम्बको व्यापार : अनुसन्धानको दायरामा डा नुतन

बिशेष