प्रभावकारी सेवा दिन सकिन भन्दै यी हाकिमले बुझाए राजीनामा

एक जना उपसचिव (कार्यालय प्रमुख)ले चुस्त दुरुस्त सेवा दिन नसक्दा सेवाग्राही माथि अन्याय भयो भन्दै पदबाटै राजीनामा बुझाएर हिडेका छन् ।स्वीकृत दरबन्दी जम्मा १२ जना,सेवाग्राहीको भीड लाग्दछ,औसतमा दैनिक १२ सय बढी । यसरी ती सेवाग्राहीलाई प्रभावकारी सेवा दिन नसकेको र उनीहरुमाथि अन्याय भएको भन्दै राजीनामा बुझाउने शिक्षातर्फका उपसचिव शान्तिराम पौडेल । उनी सानोठिमीस्थित वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) कार्यालयका प्रमुखको भूमिकामा थिए ।

बिज्ञापन

पछिल्लो समय प्रविधिमैत्री बनाइएको भनिए पनि एनओसी शाखामा दैनिक १२ देखि १५ सय  बढी विद्यार्थीहरुको लाइन लाग्दै आएको छ । कार्यालयको क्षमताभन्दा बढी विद्यार्थी वैदेशिक अध्ययनका लागि एनओसी प्रमाणपत्रका लागि कार्यालयमा आएको र चुस्त र छिटो सेवा दिन नसक्दा सेवाग्राहीमाथि अन्याय भएको भन्दै हिजै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीसमक्ष उनले राजीनामा पत्र बुझाएका छन् ।

बिज्ञापन

कार्यालयका अनुसार दैनिक तीन हजार बढी विद्यार्थीको भीड लाग्ने कार्यालयमा ११ जनामात्र कर्मचारीको दरबन्दी छ । जसमा कार्यालय प्रमुख १,शाखा अधिकृत ६,१ जना प्राविधिक सहायक र २ कम्युटर अपरेटरको दरबन्दी छ ।

उक्त शाखाका अनुसार हालसम्म एक लाख ११ हजार आठ सय विद्यार्थीको वैदेशिक अध्ययन अनुमति फारम स्वीकृत भएको हो । सन २०२२ मा एक लाख आठ हजार ८२९ जना विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिका लागि एनओसी लिएकामा २०२१ मा ४३ हजार ७०६ र २०२० मा २५ हजार तीन सय विद्यार्थीले एनओसी लिएका थिए । सोही वर्षको अगस्टदेखि डिसेम्बरसम्मको तथ्यांक डिजिटलाइज्ड गरिएको छ भने अन्य तथ्यांक एनओसी कार्यालयको ढड्डामै राखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राष्ट्रपतिद्वारा तीन अध्यादेश जारी,१२०० राजनीतिक नियुक्ति एकै झड्कामा खारेज

मापदण्ड विपरीत अर्थ मन्त्रालयकै कमर्चारीले गरे १११ गाडीको दुरूपयोग

सहसचिव सरुवामा स्वकीय हाबी,मुख्यसचिव निरीह

अर्थ मन्त्रालयका कर्मचारीलाई नयाँ आचारसंहिता : उपहार लिन रोक,कार्यालयमा सामाजिक सञ्जाल चलाउन निषेध

सहायकस्तरदेखि उपसचिव तहका १८ कर्मचारीको सरुवा

मापदण्डै छेडखानी गरेर विज्ञापन,’एस म्यान’लाई प्रमुख विकास आयुक्त बनाउने सचिवको दाउ

कम्प्युटर अपरेटरको भविष्य माथि निर्मम प्रहार, बढुवा सम्बन्धि व्यवस्था खारेज नगर्न अनुरोध

कानुन मन्त्रीलाई एक सामाजिक कार्यकर्ताको खुल्ला पत्र

बिशेष