अर्याललाई गृह सचिवको जिम्मेवारी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका नयाँ सारथीका रुपमा एकनारायण अर्याल भित्रिएका छन् ।यस अघि काँग्रेस र माओवादीका गृह मन्त्री हुँदा अर्याललाई गृहमा लैजान मानेका थिएनन् । निर्णय क्षमतामा अब्बल मानिएका अर्याललाई  सोमबार बसेको क्याविनेट बैठकले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा लैजाने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएपछिको दोस्रो बैठकले दुई सचिवको जिम्मेवारी हेरफेर गर्दा अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा पुगेका हुन ।

बिज्ञापन

जिम्मेवारी हेरफेर भएका सचिवहरुमा एकनारायण अर्याल र दिनेश भट्टराई रहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा टिएन पाण्डे कारागारमा पुगेपछि गृहमा पुगेका भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर त्यहाँका सचिव अर्यालमा गृहमा ल्याइएको छ ।

बिज्ञापन

निजामती प्रशासनभित्र अर्याल सुधारवादी प्रशासकका रुपमा चिनिन्छन् । यस अघि सहसचिव हुँदा काठमाडौंको प्रमुख जिल्ला अधिकारी चलाइसकेका उनी कलकताको महावाणिज्यदूत हुँदै सचिवमा उक्लिएपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा काठमाडौं महानगरपालिकामा पुगेका थिए । महानगरपालिकाबाट सामान्य प्रशासनमा हुँदा निजामती प्रशासन सुधारका लागि धेरै पहल गरेका उनी श्रममा पुग्दा श्रममा समेत अनेकन सुधारका यत्न गरिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको थियो । उनी त्यहाँ रहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओएण्ड एम टुंग्याउने काम गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सी खाली, शक्तिशाली सहसचिवबीच चर्को प्रतिस्पर्धा

काठमाडौंका ७५ प्रतिशत निजी विद्यालय मापदण्डविपरीत, शुल्क अशुलीमा चरम लापरवाही

संङ्घीय निजामती सेवा ऐन:ओझेलमा वास्तविक समस्या

मेरी बसन्त हराएको छ

विवादका कारण रोकियो निजामती विद्येयक

पतञ्जलीको मुख्य पात्रको अर्काे पनि अपराध

अभिलेखमै नभएको विद्यालयका नाममा ७ लाख ६० हजार झ्वाम,इञ्जिनियर र लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

कुलिङ पिरियडको चलखेलमा मुछिएका सचिवको प्रतिक्रिया :’मैले हिजैदेखि जिम्मेवारी छाँडिसकें’

बिशेष