अर्याललाई गृह सचिवको जिम्मेवारी

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका नयाँ सारथीका रुपमा एकनारायण अर्याल भित्रिएका छन् ।यस अघि काँग्रेस र माओवादीका गृह मन्त्री हुँदा अर्याललाई गृहमा लैजान मानेका थिएनन् । निर्णय क्षमतामा अब्बल मानिएका अर्याललाई  सोमबार बसेको क्याविनेट बैठकले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा लैजाने निर्णय गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ गठबन्धन बनाएपछिको दोस्रो बैठकले दुई सचिवको जिम्मेवारी हेरफेर गर्दा अर्याल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा पुगेका हुन ।

बिज्ञापन

जिम्मेवारी हेरफेर भएका सचिवहरुमा एकनारायण अर्याल र दिनेश भट्टराई रहेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा टिएन पाण्डे कारागारमा पुगेपछि गृहमा पुगेका भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएर त्यहाँका सचिव अर्यालमा गृहमा ल्याइएको छ ।

बिज्ञापन

निजामती प्रशासनभित्र अर्याल सुधारवादी प्रशासकका रुपमा चिनिन्छन् । यस अघि सहसचिव हुँदा काठमाडौंको प्रमुख जिल्ला अधिकारी चलाइसकेका उनी कलकताको महावाणिज्यदूत हुँदै सचिवमा उक्लिएपछि प्रमुख प्रशासकीय अधिकृतको रुपमा काठमाडौं महानगरपालिकामा पुगेका थिए । महानगरपालिकाबाट सामान्य प्रशासनमा हुँदा निजामती प्रशासन सुधारका लागि धेरै पहल गरेका उनी श्रममा पुग्दा श्रममा समेत अनेकन सुधारका यत्न गरिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा खटाइएको थियो । उनी त्यहाँ रहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ओएण्ड एम टुंग्याउने काम गरेका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

रास्वपा निर्वाचनमा गुटबन्दीको असर : पदाधिकारीमा असिमबाहेक सबै संस्थापन पक्षका

निजामतीमा राजीनामाको लहर : ९ दिनमै ७१ कर्मचारीको राजीनामा

कमलपोखरीमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बाहिनी अभ्यास सम्पन्न

रास्वपा केन्द्रीय सदस्यमा पराजित भए श्रममन्त्री

महानिर्देशकले टेरेनन् बालेन सरकारको निर्देशन

गृहमन्त्रीको अम्लेटमा माछाको काँडा,सहायक सिडियोको खानामा सङ्खे कीरा

स्थानीय सरकार: खर्चमा अघि, आयमा पछि

गृहको रिर्पोट कार्ड : कासमूमा मनाङ अब्बल,सबैभन्दा कमजोर धनुषा र काठमाडौं

बिशेष