मदिराले लठ्ठ भएका बाबुले गरे आफ्नै १२ वर्षिया छोरी बलात्कार

अछाम । प्रहरीले आफ्नै छोरीमाथि बलात्कार गरेको आरोपमा बुवालाई पक्राउ गरेको छ ।

बिज्ञापन

अछामको मङ्गलसेन नगरपालिकाका अन्दाजी ३५ वर्षीय पुरुषले छोरीलाई बलात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष पाठककाअनुसार शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी छन् ।

बिज्ञापन

आरोपित बुवालाई शनिबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसपी पाठकले बताए ।’आमाले घटना थाहा पाएपछि प्रहरीले जानकारी पाएको हो ।शनिबार साँझै बाबुलाई नियन्त्रणमा लिइएको छ । र म्याद थप गरी थप अनुसन्धान भइरहेको छ,’ उनले भने ।

बलात्कृत नाबालिकको शनिबार नै स्वास्थ्य परीक्षण भइसकेको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको छ । आमाछोरीलाई सेफ हाउसमा राखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष