प्रमुख प्रशासकीय अधिकृतसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाको तामाकोसी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १२ लाख ८९ हजार ३२० रुपैयाँ अनियमितता गरेको ठहर गर्दै अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

बिज्ञापन

आयोगले आइतबार विशेष अदालत काठमाडौंमा गाउँपालिकाका तत्कालीन लेखा अधिकृत विजय लुइँटेल, तत्कालीन इन्जिनियर सुबोधकुमार चापागाईँ सहित १२ जना विरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो ।गाउँपालिका वडा नम्बर तीन जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न बनेको उपभोक्ता समिति, अनुगमन समिति, वडा अध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्सा अनुसारको काम नहुँदा पनि गैरकानूनी तवरबाट बजेट निकासा भएको, भवनको लम्बाई लामो छोटो भएको, पिलर तथा टाई बिमको साइज घटी बढी रहेको र भवन निर्माण स्थलमा रहेको पुरानो भवनको सामग्रीमा वडाध्यक्षले बेचेर आफै खर्च गरेको भेटिएको आयोगले जनाएको हो ।

बिज्ञापन

तामाकोसी–३, जफे जामुनेमा सभाहल तथा शौचालय निर्माण गर्न गठित उपभोक्ता समिति, अनुगमन समिति, वडाध्यक्ष र प्राविधिकसहितको मिलेमतोमा नक्साअनुसारको काम नहुँदा पनि गैरकानुनी तवरबाट बजेट निकासा भएको सूचना पाएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो ।

उनीहरूले अनियमितता गरी सरकारलाई गैरकानुनी हानि पुर्‍याउने कार्य गरेको पुष्टि भएकाले मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कीर्ते कागजातको भरमा नियुक्ति,सचिव र मन्त्री नै तानिने भएपछि सरकारको तर्फबाट चलाखी

मेयरका स्वकीयबाट कार्यकक्षमै कुटिए प्रमुख प्रशासकीय अधिकृत,सुरक्षाको प्रत्याभुत नभएसम्म सबै सेवा ठप्प

पाँच दिन पछि खुल्यो पालिका अध्यक्ष र प्रशासकीय अधिकृतको कार्यकक्षको ताला

१८ सचिवसहित २२११ कर्मचारीले पाउँदैछन् यही आर्थिक बर्षमा अवकाश

आयोजना सम्पन्न नहुञ्जेल प्रमुखको सरुवा नगर्न अर्थ मन्त्रालयको परिपत्र

धमाधम हटाइँदै करारका कर्मचारी

प्रशासकीय अधिकृतले आफैंलाई बढुवा गरेपछि…

रसुवागढी नाकामा अस्थायी पुल बनाउने चीनको प्रतिबद्धता, दसैंअघि निर्माण हुने अपेक्षा

बिशेष