भिजिट भिसामा बिटुलिएका ६ अधिकृत :-सुटुक्क पुगे अदालत, छुटे सात लाख धरौटीमा

मानव तस्करीको गम्भीर आरोपमा मुछिएर फरार भएका सात अधिकृतमध्ये ६ अधिकृतहरु धरौटी तिरेर उन्मुक्ति पाएका छन् । एक जना फरार अधिकृतले अदालतबाट उन्मुक्ति पाएपछि अरु पाँच अधिकृतहरु पनि त्यसैलाई टेकेर पालैपालो अधिकृतहरुको जिल्ला अदालतमा लाइन लाग्छन् र उन्मुक्ति पाउँछन् ।

बिज्ञापन

प्रसग हो,नक्कली भिजिट भिषा प्रकरणमा डामिएका सात भाइ अधिकृतको । अदालतमा मुद्धा मामिला चलेपछि एक भाइ हङ्गकङ्ग र अर्काे भाई अष्ट्रेलिया पुगेको अनुसन्धान अधिकारीहरुको दावा थिए । अर्काे एक किरियामा बसेका थिए बाँकी ४ जना पनि फरारकै सूचीमा थिए तर अस्ति फागुन ९ गतेदेखि १६ गतेसम्म लगातार १/१ जनाको दरले अदालतमा उपस्थित हुँदै अदालतमा धरौटी बुझाएर उन्मुक्ति पाएका छन् ।

बिज्ञापन

काठमाडौं जिल्ला अदालतका अनुसार फागुन ९ गते न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासबाट एक जना अधिकृत सात लाख धरौटीमा छुटेपछि बाँकी ५ जना पनि पालैपालो त्यही बाटोबाट छुटेर पुन अध्यागमनमै फर्किएका छन । नक्कली भुटानी शरणार्थीजस्तै अपराध मानिएको यो प्रकरणमा डामिएका अधिकृतहरु थिए, ताराबहादुर कुँवर, कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्बर रिमाल, सुजन फागो । गत मंसिर २६ गते अध्यागमन अधिकृत नरवीर खड्कालाई भिजिट भिसामा सेटिङ गरेवापत २ लाख रुपैयाँ घुस लिँदै गर्दा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो । उनले अध्यागमन अधिकृतहरुले दैनिक ४५ हजारसम्म उठाउने गरेको बयान दिएका थिए । त्यहाँ रकम उठाउनका लागि समिति नै रहेको उनले बयान समेत दिएका थिए । नरबीर पक्राउ परेसँगै अरु सात जना अध्यागमन अधिकृतहरु फरार थिए ।

तिमध्ये एक अष्ट्रेलिया र अर्काे भागेर हङकङ पुगेको प्रहरी अधिकारीहरुको भनाई थियो तर काठमाडौं जिल्ला अदालतका न्यायधीश सुमन कुमार न्यौपानेको इजलाशबाट भगौडा अधिकृतले सात लाख तिरेर सफाई पाएसँगै फागुन ९ देखि १६ सम्म  दैनिक एक एक जनाका दरले ६ जना अधिकृतहरु नै सात सात लाखका दरले धरौटी बुझाएर रिहा भएका बताइएको छ । १० फागुनमा न्यायाधीश दीनबन्धु बराल,१३ फागुनमा न्यायाधीश डा राजेन्द्रकुमार आचार्यल,१४ गते न्यायधीश शिवलाल पाण्डेय,१५ गते कपिलमणि गौतम र १६ फागुनमा पदमराज पाण्डेयको इजलासबाट ६ जना अधिकृतहरु जनही सात लाख धरौटी तिरेर रिहा भएका हुन । पक्राउ पूर्जी जारी भए लगतै किरियामा बसेका ताराबहादुर कुँवर मात्रै फरार रहेको बताइएको छ । जनही सात लाख तिरेर पुन कार्यालयमै फर्किएसँगै अध्यागमनमा फेरि भिजिट भिसाको नाममा खेलोमेलो शुरु भएको स्रोतको दावा छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभाग खारेजपछि भेप तस्करी मौलायो: रसुवामा ३६ लाख बढीको भेपसहित ८ पक्राउ

फरक प्रकृतिका पावर सेन्टर मर्ज,झनै भद्रगोल थपिने कर्मचारीको चिन्ता

सपनादेखि सफलतासम्म : झापाका ६ जनाको प्रेरक उपलब्धि

श्रम सहचारी र वाणिज्यदूतको खटनपटन अब परराष्ट्रबाट

काँकरभिट्टा नाकामा डेढ करोडको सुनसहित भारतीय नागरिक पक्राउ

पूर्व मन्त्री गुप्तालाई ५० लाख धरौटीमा छाड्न आदेश

निजामतीमा आरतीको रेकर्ड ब्रेक : ३१ बर्षमै खुला प्रतिष्प्रर्धाबाट सहसचिव

खारेज भएका पदमा पार्टीका कार्यकर्ता र पूर्व सैनिक भर्ती,रास्वपाले भुल्यो बाचापत्रको मेरिटोक्रेसी

बिशेष