एक अब्बल न्यायाधीशको अवकाश

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिहीबारदेखि अवकाशमा गएका छन् । २०१५ साल फागुन २५ गते जन्मिएका खतिवडा ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा गएका हुन् ।

बिज्ञापन

२०३९ साल चैत ७ गतेबाट न्याय सेवामा प्रवेश गरेका खतिवडा सरकारी वकिल समूहबाट न्यायाधीश बनेका व्यक्ति हुन् । २०७३ साल साउन १७ गते सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त भएका खतिवडाले साढे ७ वर्ष सर्वोच्च अदालतको न्यायाधीशका रूपमा जिम्मेवारी सम्हालेका छन् ।

बिज्ञापन

न्यायाधीश रहँदा उनले संविधानकाे व्याख्या, फौजदारी न्यायका सिद्धान्त, संवैधानिक नैतिकता लगायत विषयमा विधिशास्त्रीय महत्वका नजिर प्रतिपादन गरे ।

सर्वोच्च अदालतमा ७ वर्ष ७ महिना रहँदा उनले गरेका कुनै पनि फैसला आचरणगत विवादमा परेनन् । आचरण र स्वभावमा पनि उनी विवादित भएनन् । न्यायिक नेतृत्व विवादित र विचलित हुँदा सुधारको पक्षमा उभिए । न्यायसम्पादन बाहेकको भूमिकामा पनि उनी प्रश्नभन्दा बाहिरै रहे ।

बिज्ञापन

नजिर स्थापित गर्ने महत्त्वपूर्ण फैसलाहरूमा संलग्न भएका न्यायाधीश खतिवडा निर्भीक न्यायाधीशका रूपमा चिनिँदै आएका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष