काभ्रे प्रशासनमा हुँदा गडबडी गरेको आरोपमा हेटौंडाबाट अधिकृत पक्राउ

विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक जना अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचतन्द्र अर्याललाई चिनिँया नागरिकहरुलाई नागरिकता दिलाएको आरोपमा  पक्राउ गरेको हो ।

बिज्ञापन

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा उनलाई प्रहरीले कार्यालयबाटै पक्राउ गरेको हो । काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरिएको हो ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय काभ्रेमा नायब सुब्बाका रुपमा कार्यरत रहँदा सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकहरु दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको आधारमा नागरिकता दिलाउने उनको ठूलो भूमिका रहेको आरोप छ । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।

अर्याल केही समय यातायात कार्यालय काठमाडौं, ठूलो भर्याङमा समेत काम गरे । त्यहाँबाट सरुवा भएर उनी बाग्मती प्रदेशसभा सचिवालयमा कार्यरत रहँदै आएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

व्यक्तिगत हातहतियार बुझाउन जिल्ला प्रशासनको निर्देशन

कर्मचारी ट्रेड युनियनका पूर्व अध्यक्षलाई सहायक निर्वाचन अधिकृतको जिम्मेवारी

अनि महावीर पुनलाई झोक चल्यो

हिजो एमाले कार्यकर्ता खेद्ने, आज भोट माग्ने ? नवराज न्यौपानेले उठाए गम्भीर प्रश्न

सहसचिवद्धय दाहाल र केसीले गरे विद्यावारिधी

थप पाँच शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

८७ बर्ष पूर्व प्रशासक पनि चुनावी मैदानमा

उम्मेदवारी दर्ता गराउँदा समेत जेनजी मन्त्रीले फिर्ता गरेनन् सरकारी गाडी

बिशेष