काभ्रे प्रशासनमा हुँदा गडबडी गरेको आरोपमा हेटौंडाबाट अधिकृत पक्राउ

विदेशी नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा एक जना अधिकृतलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले बागमती प्रदेशसभा सचिवालयमा अधिकृत छैटौं तहमा कार्यरत रामचतन्द्र अर्याललाई चिनिँया नागरिकहरुलाई नागरिकता दिलाएको आरोपमा  पक्राउ गरेको हो ।

बिज्ञापन

सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई नेपाली नागरिकता दिलाएको आरोपमा उनलाई प्रहरीले कार्यालयबाटै पक्राउ गरेको हो । काभ्रे प्रहरीको अनुरोधमा अर्याललाई बुधवार प्रदेशसभा सचिवालयबाटै पक्राउ गरिएको हो ।

बिज्ञापन

जिल्ला प्रशासन कार्यालय काभ्रेमा नायब सुब्बाका रुपमा कार्यरत रहँदा सुन तस्करी प्रकरणमा जोडिएका चिनियाँ नागरिकहरु दावा छिरिङ र दावावाजिन वाङलाई वंशजको आधारमा नागरिकता दिलाउने उनको ठूलो भूमिका रहेको आरोप छ । सोही आरोपमा उनलाई पक्राउ गरिएको हो ।

अर्याल केही समय यातायात कार्यालय काठमाडौं, ठूलो भर्याङमा समेत काम गरे । त्यहाँबाट सरुवा भएर उनी बाग्मती प्रदेशसभा सचिवालयमा कार्यरत रहँदै आएका थिए ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

मन्त्रीपरिषद् बैठक ३ बजे बस्दै

स्थानीय तहमा मध्यमकालीन खर्च संरचना : कागजी औपचारिकता कि वित्तीय अनुशासन ?

एजाइल व्यवस्थापन : परिवर्तनसँगै अघि बढ्ने आधुनिक व्यवस्थापन पद्धति

कानुनबाट फिर्ता भयो संघीय निजामती सेवा विद्येयक,३०- ५५ को प्रावधान यथावत

रसुवामा म्याद सकिएको विस्फोटक पदार्थ डिस्पोज गर्ने क्रममा विस्फोट, एकको मृत्यु, ६ घाइते

चार सय खरिदार- सुब्बा कटौती,संघीय मन्त्रालयमा दरबन्दी बनाइँदै शून्य

सचिवालयको दबाब : ‘कानुन, विधि हामी हेर्छौ,तपाई सही गर्नुहोस’

स्थायी संयन्त्रमाथि सचिवालय हाबी,अनुचित दबाब ठाडो इन्कार गर्ने प्रशासकहरुको दावी

बिशेष