चुनौतीको चाङमा मन्त्री जोशी :- सक्लान त ल्याउन संघीय निजामती सेवा ऐन ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी भानुभक्त जोशीले पाएका छन् । एकीकृत समाजवादी पार्टीका सांसद जोशीले हिजै पदभार ग्रहण गरिसकेका छन् । १३ बर्ष पछि दोश्रो पटक मन्त्रीका रुपमा उनी सिंहदरबार भित्रिएका छन्,यस अघि झलनाथ खनालको क्याविनेटमा उनी वन मन्त्रीको जिम्मेवारीमा थिए ।

बिज्ञापन

जीवनमा साढे दशक समय नेकपा एमालेमा व्यतित गरेर दुई बर्ष अघि एकीकृत समाजवादी पार्टीमा लागेका उनी गत बर्ष सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा ऐन महरलाई पराजित गर्दै बझाङबाट निर्वाचित भएका हुन । ऐन बहादुर महरलाई एक हजार एक मत अन्तरले हराउँदै निर्वाचित भएका थिए ।

बिज्ञापन

लाखौ कर्मचारीहरुका लाइन मिनिट्री मानिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको नेतृत्व उनको काँधमा छ । ८ बर्षदेखि ल्याउन नसकिएको संघीय निजामती सेवा विद्येयक ल्याउनुपर्ने सबैभन्दा ठूलो जिम्मेवारी पनि उनैको थाप्लोमा आइलागेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित मन्त्री हुँदा नै कर्मचारीहरुको मूल ऐन ल्याउने प्रयाश गरिएको हो । त्यसपछि सामान्य प्रशासन मन्त्रालयको कमाण्डर बने हृदयेश त्रिपाठी । त्रिपाठीपछि दार्चुलाका सांसद गणेश ठगुन्ना,गणेश पहाडी हुँदै राजेन्द्र श्रेष्ठ,अमनलाल मोदी र अनितादेवी साह मन्त्री बनिन् । यो अवधिमा दिनेश थपलिया,सूर्य गौतम,सुरेश अधिकारी,यादव कोइराला,एकनारायण अर्याल,कृष्णहरि पुष्कर हुँदै विनोद सिंह सचिवको कुर्सीमा छन् । आठ बर्षमा आठ मन्त्री र सचिवले ल्याउन नसकेको ऐन ल्याउनुपर्ने जिम्मेवारी उनको काँधमा छन् ।

हालैमात्र संघीय निजामती सेवा विद्येयक प्रतिनिधि सभामा दर्ता भएको छ । यो विद्येयकले आफ्ना मागहरु सम्बोधन नभएको भन्दै स्थानीय तहका कर्मचारीहरुले आन्दोलनका लागि तयारी अवस्थामा रहन अपिल गरिसकेको स्थिति छ र यही घडीमा जोशी मन्त्रीको जिम्मेवारी सम्हाल्दै छन् ।अर्काेतिर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय कर्मचारी सरुवाका कारण बदनाम हुँदै आएको छ । सरुवामा मन्त्रीकै सचिवलायका कर्मचारी हाबी हुने र रकम लिएर कर्मचारीले खोजेकै ठाउँमा पठाइने विकृतीले सामान्य प्रशासनमा जरा गाडेको छ । त्यो विकृती तोड्न जोशीले सक्छन वा सक्दैनन्,उनले सचिवालयमा राख्ने कर्मचारीबाटै थाहा हुनेछ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

सुखद, सुरक्षित र स्वाभिमानी अवकाश जीवनको अर्थ विज्ञान

 बुढानीलकण्ठले बाढीपीडितका लागि ५५ लाख ५५ हजार सहयोग गर्ने

त्रिशूली–३ ‘ए’मा फसेकाको उद्धार प्रयास जारी

पहिचान नभएका २२९ शव डीएनए नमुना सङ्कलन गरी जमिनमुनि व्यवस्थापन गरिँदै

स्टाफ कलेजको कार्यकारी निर्देशक बन्न चार पूर्व सचिवहरु प्रतिष्प्रर्धामा

बाढीमा अस्ताए अध्यागमन कार्यालय रसुवाका अध्यागमन अधिकृत भण्डारी

घिमिरे सचिवमा बढुवा, रक्षा मन्त्रालयमा पदस्थापन

शर्मालाई गृह सचिवको जिम्मेवारी

बिशेष