बर्षमानलाई अर्थ ,भौतिकमा रघुविर, सामान्य प्रशासन कस्लाई ?

नेकपा एमाले माओवादी केन्द्रसहितको गठबन्धनबीच मन्त्रालयको भागबण्डा टुंगो लागेको छ । गठबन्धन दलहरुबीच नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ।
जसअनुसार माओवादीले परराष्ट्रसहित अर्थमन्त्रालय पाउने सहमति भएको छ भने एमालेलाई भौतिक पूर्वाधार मन्त्रालय दिइने भएको हो । यस्तै रास्वपाका सभापति रवि लामिछाने पुन उपप्रधान तथा गृह सम्हाल्ने भएका छन् ।

बिज्ञापन

मन्त्रिपरिषदमा नेकपा एमालेको नेतृत्व सचिव रघुवीर महासेठले गर्ने भएका छन् । उनी उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री बन्ने एमाले निकट स्रोतले जनाएको छ ।त्यस्तै माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री र वर्षमान पुन अर्थमन्त्री बन्ने भएका छन् ।

बिज्ञापन

यता राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृह मन्त्रालय पाउने स्रोतको दाबी छ । यस्का अलवा शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाले पाउने भएको छ । शिक्षा मन्त्रालयको जिम्मा सुमना श्रेष्ठले पाउने भएकी छन्। श्रम मन्त्रालयमा उपसभापति डोलप्रसाद अर्याल र खेलकुद मन्त्रालयमा विराजभक्त श्रेष्ठलाई लगिने टुंगो लागेको छ ।

माओवादीबाट हितबहादुर तमाङ र एमालेबाट पदम गिरीले विना विभागीय मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । पदम गिरीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । यस्का अलवा एमालेबाट दामोदार भण्डारी, हरि उप्रेती, भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी साह र बलराम अधिकारी पनि मन्त्री हुँदैछन । गठबन्धनका एक नेताका अनुसार,सञ्चार मन्त्रीमा रेखा शर्मा,ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीका रूपमा शक्ति बस्नेतलाई नै ल्याइने तय भएको छ भने विना विभागीय मन्त्रीका रुपमा रहेका हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी पाउँदैछन् । लाखौंका संख्यामा रहेका कर्मचारीहरुको नेतृत्व गर्ने मन्त्रालयको जिम्मेवारी कस्ले लिने भन्ने बिषय निजामती वृत्तमा खुबै चासोका साथ हेरिएको छ । ठूला दलहरुको चासोमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पर्ने देखिएको छैन ।एकीकृत समाजवादीलाई २ र जसपालाई ३ मन्त्रालय दिइएको खण्डमा यी दलकै भागमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पर्ने देखिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

प्रतिनिधि सभामा आज पेश होला त संघीय निजामती सेवा विद्येयक ?

१० बर्षमा ४१ हजार ७३४ जनाले पाए सरकारी स्थायी नियुक्ति

संघीय संसद् सचिवालयको सचिवमा सुरजकुमार दुरा बढुवा

महिलालाई रात बिताउन प्रस्ताव गरेको आरोपमा न्यायाधीशमाथि छानबिन

बार्वरिक यात्रा

खरिदारदेखि सहसचिवसम्मका ११७ कर्मचारीको काज रद्ध,फर्काइयो दरबन्दी भएकै कार्यालयमा

ट्रायल फेल भएकाहरुलाई २५ हजारसम्म असुलेर लाइसेन्स,फन्दामा परे विचौलिया र कर्मचारी

उच्च अदालतमा ४ मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस,पाटनमा कुँवर

बिशेष