आठ महिनासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको घर्रामा थन्किएको संघीय निजामती विद्येयक भोलि बिहानसम्ममा संसदमा पुग्ने र दर्ता हुने बताइएको छ । मुलुक संघीयतामा गएको आठ बर्ष व्यतित भइसक्दा समेत संविधानपछिको दोश्रो कानुन मानिएको संघीय निजामती विद्येयक लामो समयदेखि अलपत्र पर्दै आएको थियो ।
बिज्ञापन
उक्त विद्येयक मुख्यसचिव डा वैकुण्ठ अर्यालले मन्त्रिपरिषदको निर्णय प्रमाणीकरण गरेलगत्तै संसदमा दर्ता गर्न लागि विधेयक सामान्य प्रशासन मन्त्रालयमा फर्किएको हो । संसदको अघिल्लो अधिवेशनमै पेश गर्नेका तयारी भए पनि विभिन्न स्वार्थ समूहले खेल्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा थन्काइएको थियो ।
बिज्ञापन
महिनौं दिनसम्म विधेयक संसदमा दर्ता हुुन नसक्दा अघिल्लो अधिवेशनै अन्त्य हुन पुगेको थियो । यो विद्येयकलाई अगाडि लैजानका लागि
झण्डै आठ महिनासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को घर्रामा थन्काइएको विद्येयक भोलि बिहानसम्म संसदमा दर्ता हुने सामान्यका अधिकारीहरुले बताएका छन् ।