संघीय निजामती सेवा विधेयक आज संसदमा दर्ता गरिँदै

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा आज दर्ता हुने बताइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तो बताएका हुन । हिजो लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले संघीय निजामती सेवा विधेयक सम्भवतः आइतवार दर्ता हुने बताएका हुन । यस्तै प्रधानमन्त्री प्रचण्डले प्रहरी ऐन यसै अधिवेशनमा प्रस्तुत हुने जनाएका हुन ।
मुलुक संघीयतामा गएको आठ बर्ष व्यतित भइसक्दा समेत संविधान पछिको दोश्रो कानुन मानिएको संघीय निजामती सेवा ऐन आउन सकेको छैन । झण्डै आठ महिनासम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को घर्रामा थन्काइएको विद्येयक आज प्रतिनिधिसभामा दर्ता गरिन लागेको हो ।

बिज्ञापन

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा संघीयता कार्यान्वयन, विकास र सेवा प्रवाहमा उत्कृष्ट काम गरेर संघीयता विरोधीहरूलाई व्यवहारले जवाफ दिने बताएका छन् । संघीय कानुनहरू निर्माणमा सरकार सक्रिय रूपमा लागिरहेको जानकारी दिँदै प्रधानमन्त्रीले शिक्षा ऐनको मस्यौदा संसदमा दर्ता भइसकेको, निजामती सेवा ऐन दर्ताको प्रक्रियामा रहेको र प्रहरी ऐन लगायतका अन्य ऐनहरू पनि छिट्टै संसदमा प्रस्तुत हुने दावी गरेका छन् ।

बिज्ञापन

यसैबीच,संघीयताको सफल कार्यान्वयन गर्नुपर्ने भन्दै अब ३ करोड भन्दा साना योजना प्रदेश र स्थानीय तहमा हस्तान्तरण गरिने बताएका छन्। आर्थिक अधिकार प्रदेशलाई दिनै नचाहने, कथं कदाचित केही अधिकार दिइहाले पनि सशर्त अनुदानका नाममा केन्द्रबाटै योजना र बजेट तोकेर पठाउने प्रचलन विगतमा विद्यमान थियो। यसपटक त्यस्तो सोच र परम्परा तोड्ने संकल्प गरिएको छ’ उनले भने, ‘अब ३ करोड भन्दा साना योजना प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गरिने प्रधानमन्त्री प्रचण्डको भनाई रहेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

राजस्व अनुसन्धान विभागको महानिर्देशकको कुर्सी खाली, शक्तिशाली सहसचिवबीच चर्को प्रतिस्पर्धा

काठमाडौंका ७५ प्रतिशत निजी विद्यालय मापदण्डविपरीत, शुल्क अशुलीमा चरम लापरवाही

संङ्घीय निजामती सेवा ऐन:ओझेलमा वास्तविक समस्या

मेरो बसन्त हराएको छ

विवादका कारण रोकियो निजामती विद्येयक

पतञ्जलीको मुख्य पात्रको अर्काे पनि अपराध

अभिलेखमै नभएको विद्यालयका नाममा ७ लाख ६० हजार झ्वाम,इञ्जिनियर र लेखापालविरुद्ध भ्रष्टाचार मुद्धा दायर

कुलिङ पिरियडको चलखेलमा मुछिएका सचिवको प्रतिक्रिया :’मैले हिजैदेखि जिम्मेवारी छाँडिसकें’

बिशेष