सिंहदरबारको मुखैमा डेढ लाख रिसवत बुझ्ने अधिकृत दोषी ठहर

सिंहदरबारै अगाडिको कार्यालयमा कार्यरत अधिकृत घुस्याहा ठहर भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुंगेल घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार ढुंगेललाई दोषी ठहर गर्दै ८ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

बिज्ञापन

०७९ माघमा विभागकै केन्द्रीय कार्यालय बबरमहलबाट डेढ लाख घुससहित खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका थिए । उनीविरुद्ध अदालतमा बयान फेरेको आरोप लागेका ज्ञानहरी लामा पनि दोषी ठहर भएका छन् ।मन्त्रालयले मनिताको खास मानिएका किशोर केसी, सुमन धिताल लगायतका कर्मचारीले विगत लामो समयदेखि यो विभाग छाडेर अन्यन्त्र जानु परेको छैन । किशोर १० वर्षभन्दा लामो समयदेखि त्यहीं छन् । ०७९ माघमा विभागकै केन्द्रीय कार्यालय बबरमहलबाट डेढ लाख घुससहित सोही कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका थिए । त्यसबेला अनुज्ञापत्र शाखाका हर्ताकर्ता थिए केसी, यो प्रकरणपछि केसीको जिम्मेवारी अर्को विभागमा सारिएको छ ।

बिज्ञापन

उसो त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्यमाथि अनेकन आरोप लागेको छ । सामान्यता घर जान दुई तीन महिना अवधि बाँकी रहेका कर्मचारी चलाइदैनन् तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दुई महिना पछि अनिवार्य अवकाश पाउन लागेका सहसचिव उपेन्द्र रायलाई मन्त्रालयमा तानेर त्यहाँ मतिना वैद्यलाई खटाएका थिए । मतिना तिनै कर्मचारी हुन भारतको सिम्भावली सुगर लिमिटेडले निर्यात गरेको ७२ हजार किलो चिनी आयात गर्न अयोग्य देखिएको थियो । यसरी आयातित चिनीको गुणस्तर परीक्षण सम्बन्धमा प्रश्न उठेपछि कृषिका सहसचिव नारायणप्रसाद रेग्मी संयोजक, पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्मा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रमोद कोईराला सदस्य रहेको समितिले चिनीको गुणस्तर परीक्षणमा लापरबाही गरेको भन्दै महानिर्देशक जोशीसहित उपमहानिर्देशक राकेश त्रिपाठी र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईलाई कारबाही गर्न प्रतिवेदन पेश गरेको थियो ।

सूदुरपश्चिममा सरुवा भएर पनि खटाएको ठाउँमा नगई १८ महिना बाग्मती प्रदेशमा बसेर उनी पुन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकै कमाण्डर बन्न आइपुगेकी छिन् । त्यहाँ झण्डै २७ करोड खर्चेर किनिएको मोवाइल भ्यान प्रयोगविहिन राखिएको छ । मतिनाले टिममा आफ्ना एसम्यानहरुमात्र राखेर बदमासी गरिरहेको गुनासो कृषि मन्त्रालयमा पुगेको भए पनि बेदुराम भुषाले केही कारवाही गर्न सकेका छैनन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

आयल निगमबाट अनुगमनमा भएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

कार्यालय सहयोगीदेखि दशौं तहसम्मका गरी १५५ कर्मचारीको सरुवा

विद्युत पोलकै कारण सडक आयोजना अलपत्र, राज्यलाई करोडौँको थप भार : महानिर्देशक जैसी

कासमूमा ७५ प्रतिशत अंक कटाउने कर्मचारीलाई मात्र प्रोत्साहन भत्ता

नयाँ सरकार बनेको चार महिनामै सिंहदरबारबाट महिला सचिव तितरबितर

बिशेष