सिंहदरबारको मुखैमा डेढ लाख रिसवत बुझ्ने अधिकृत दोषी ठहर

सिंहदरबारै अगाडिको कार्यालयमा कार्यरत अधिकृत घुस्याहा ठहर भएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका अधिकृत योगेन्द्र ढुंगेल घुस लिएको आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालतले शुक्रबार ढुंगेललाई दोषी ठहर गर्दै ८ महिना कैद र एक लाख ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ ।

बिज्ञापन

०७९ माघमा विभागकै केन्द्रीय कार्यालय बबरमहलबाट डेढ लाख घुससहित खाद्य प्रविधिक तथा गुण नियन्त्रण कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका थिए । उनीविरुद्ध अदालतमा बयान फेरेको आरोप लागेका ज्ञानहरी लामा पनि दोषी ठहर भएका छन् ।मन्त्रालयले मनिताको खास मानिएका किशोर केसी, सुमन धिताल लगायतका कर्मचारीले विगत लामो समयदेखि यो विभाग छाडेर अन्यन्त्र जानु परेको छैन । किशोर १० वर्षभन्दा लामो समयदेखि त्यहीं छन् । ०७९ माघमा विभागकै केन्द्रीय कार्यालय बबरमहलबाट डेढ लाख घुससहित सोही कार्यालयका इञ्जिनियर योगेन्द्र ढुंगेल पक्राउ परेका थिए । त्यसबेला अनुज्ञापत्र शाखाका हर्ताकर्ता थिए केसी, यो प्रकरणपछि केसीको जिम्मेवारी अर्को विभागमा सारिएको छ ।

बिज्ञापन

उसो त खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक मतिना वैद्यमाथि अनेकन आरोप लागेको छ । सामान्यता घर जान दुई तीन महिना अवधि बाँकी रहेका कर्मचारी चलाइदैनन् तर तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले दुई महिना पछि अनिवार्य अवकाश पाउन लागेका सहसचिव उपेन्द्र रायलाई मन्त्रालयमा तानेर त्यहाँ मतिना वैद्यलाई खटाएका थिए । मतिना तिनै कर्मचारी हुन भारतको सिम्भावली सुगर लिमिटेडले निर्यात गरेको ७२ हजार किलो चिनी आयात गर्न अयोग्य देखिएको थियो । यसरी आयातित चिनीको गुणस्तर परीक्षण सम्बन्धमा प्रश्न उठेपछि कृषिका सहसचिव नारायणप्रसाद रेग्मी संयोजक, पशु सेवा विभागका महानिर्देशक डा वंशी शर्मा र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत प्रमोद कोईराला सदस्य रहेको समितिले चिनीको गुणस्तर परीक्षणमा लापरबाही गरेको भन्दै महानिर्देशक जोशीसहित उपमहानिर्देशक राकेश त्रिपाठी र वरिष्ठ खाद्य अनुसन्धान अधिकृत कृष्ण राईलाई कारबाही गर्न प्रतिवेदन पेश गरेको थियो ।

सूदुरपश्चिममा सरुवा भएर पनि खटाएको ठाउँमा नगई १८ महिना बाग्मती प्रदेशमा बसेर उनी पुन खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकै कमाण्डर बन्न आइपुगेकी छिन् । त्यहाँ झण्डै २७ करोड खर्चेर किनिएको मोवाइल भ्यान प्रयोगविहिन राखिएको छ । मतिनाले टिममा आफ्ना एसम्यानहरुमात्र राखेर बदमासी गरिरहेको गुनासो कृषि मन्त्रालयमा पुगेको भए पनि बेदुराम भुषाले केही कारवाही गर्न सकेका छैनन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फर्जी कागजात पेश गरेर नियुक्त भएका वीमा प्राधिकरणका अध्यक्ष निलम्बित

को हुन् मन्त्रीसँग ‘घुस डिलमा संलग्न’ भनिएका सुजन लामा ?

वालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी, मोवाइल अफ गरेर घुस काण्डमा जोडिएका मन्त्री पनि सहभागी

उपसचिव बिते,श्रीमती र छोराविरुद्ध चल्यो भ्रष्टाचार मुद्धा

कर्मचारीलाई कासमू बुझाउन परिपत्र, कुन सेवाका कर्मचारीले कहाँ बुझाउने ?

प्रशासनका पाँच,प्राविधिक तीन सहित ११ उपसचिवको सरुवा

एमालेकै सांसदले मागे संघीय मामिलामन्त्री गुप्ताको बर्खास्ती

मन्त्रिपरिषद्को बैठक बस्दै

बिशेष