धरापमा मुख्य सचिवको कुर्सी

प्रधानमन्त्री प्रचण्ड सुशासनका कुरा गरेर थाक्दैनन् । प्रचण्ड सरकारकै समयमा ललिता निवास जग्गा प्रकरण,नक्कली भुटानी शरणार्थी प्रकरणदेखि,मेलम्ची खानेपानी भ्रष्टचार प्रकरण अघि बढाएको छ । यही समयमा आइटी क्षेत्रका माफिया मानिएका विकल पौडेलहरु पक्राउ परेका छन् । टेरामेक्स प्रकरणमा भ्रष्टाचार मुद्धा अघि बढाउँदैछ । तर,सिंगो मन्त्रिपरिषद्को सदस्य सचिव मानिएका डा बैकुण्ठ अर्यालका एक पछाडि अर्काे फण्डाहरु बाहिरिरहेका छन् ।एक जना भ्रष्टाचारका अभियुक्तसँग अर्यालको अस्वभाविक कारोवार देखिएसँगै मुख्य सचिव बैकुण्ठ अर्यालको कुर्सी ढलमलाएको छ ।

बिज्ञापन

मुख्य सचिव बैकुण्ठ अर्यालको पद धरापमा परेको छ । एकातिर अर्याल टेरामेक्स प्रकरणको विवादमा मुछिएका छन् । यही प्रकरणमा बहालवाला मन्त्री,पूर्व मन्त्रीसहित मुख्य सचिव बैकुण्ठ अर्यालसँग समेत अख्तियारले बयान लिइसकेको र अबको दुई चार दिनभित्रैमा मुद्धा विशेष अदालतमा दायर गर्ने तयारी चल्दैछ ।

बिज्ञापन

यस्का अलवा भ्रष्टाचारका अभियुक्त मानिएका विकल पौडेलसँग अस्वभाविक कारोवार देखिएसँगै मुख्य सचिव बैकुण्ठ अर्यालको कुर्सी धरापमा परेको हो । आइटी माफियाका रुपमा चिनिएका विकल पौडेल जो सेक्युरिटी प्रिन्टिङ प्रेस सम्बन्धी काण्डमा पक्राउ परेका छन् । उनै बिकल पौडेलसँग आर्थिक कारोबार भएको खुलेसँगै नेपालको प्रशासनिक उच्च नेतृत्वमा रहेका बैकुण्ठ अर्यालको कुर्सी धरमराएको हो । बैकुण्ठले  १४ लाख रुपैयाँ रकम बुझेको बाहिरिएसँगै मुख्य सचिव बैकुण्ठ अर्यालको कुर्सी धरापमा परेको हो । पौडेल र अर्यालबीच सामािजक सञ्जालमा नियमित सन्देश आदानप्रदान हुने गरेको, सरकारी फाइल आदानप्रदान भएको र अर्यालले बैंक खाता नम्बर पठाएपछि विकलले क्रमशः ५ लाख र ९ लाख रुपैयाँ दिलाएको विवरण सार्वजनिक भएको छ ।

अर्यालको कुर्सी धरापमा परेको खण्डमा र प्रक्रिया नमिचि मुख्य सचिव बनाइए देव कुमारी गुरागाँई मुख्य सचिव बन्ने छिन् । तर उनी आगामी फागुन २६ मा उमेर हद लागेर घर जाँदैछिन् । तत्कालीन मुख्यसचिव शंकरदास बैरागी खनालले समय अगावै राजीनामा नदिएको भए देवकुमारीलाई नेपालको पहिलो महिला मुख्यसचिवको प्रवल दावेदारको रुपमा हेरिएको थियो तर उक्त सम्भवना अझैं टरिसकेको छैन । अनेकन अनियमिततामा मुख्यसचिव डा बैकुण्ठपसाद अर्याल मुछिएका अवस्था छन् । उनी मुख्य सचिव बनेमा नेपालको इतिहासमा पहिलो महिला मुख्य सचिव हुनेछिन् । यस्तै निमित्तको जिम्मेवारी दिइएको खण्डमा प्रधानमन्त्री कार्यालयमा रहेका सचिवहरुमध्ये बरिष्ठ एक नारायण अर्यालले निमित्तको जिम्मेवारी पाउने सम्भवना रहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: Content is protected !!

ताजा समाचार

समकालीन नेपाली कर्मचारीतन्त्र : परिवर्तनमुखी कर्मचारीतन्त्र, प्रशासनिक जडता र रूपान्तरणको अपरिहार्यता

ग्यास डिपोमा सादा पोशाकका प्रहरी परिचालन

नाट्टा महासचिवमा सुशील पन्तको उम्मेदवारी

ट्रेड युनियनको आडमा आयल निगममा ‘तर’ मार्दै चन्द

आयल निगमबाट अनुगमनमा गएका टोलीले फेसबुकमा हाले ग्याँस छैन लेखेको फोटो

आठ सहसचिवको आन्तरिक जिम्मेवारी हेरफेर

कर्मचारीलाई प्रोत्साहन भत्ता खुवाउने बाटो खुल्यो : ‘कर्मचारी प्रोत्साहन तथा पुरस्कार शीर्षक’मा रकमान्तर गर्न परिपत्र

१ लाख ६० हजार घुससहित पक्राउ परे अमिन,अख्तियारले लग्यो विशेषमा मुद्धा

बिशेष