३ बर्षदेखि सर्वाेच्चमा अल्झियो ५२ भाइ नियुक्तिको मुद्धा,पेसी तोकिए पनि भएन इजलास गठन

केपी शर्मा ओली प्रधनानमन्त्री हुँदा प्रक्रिया मिचेर अध्यादेशमार्फत संवैद्यानिक निकायमा नियुक्त गरिएको ५२ जनाको नियुक्ति बदर गर्न मागसहित दर्ता गरिएको रिटको आज पेसी तोकिएको छ । तस्न बर्ष अघि तत्कालीन प्रधानमन्त्री ओलीले अध्यादेशबाट मंसिर ३० र ०७८ वैशाखमा विभिन्न संवैधानिक निकायमा नियुक्ति गरेका थिए । उक्त नियुक्ति विरुद्ध तत्कालीन सभामुख अग्निप्रसाद सापकोटा आफैँ सर्वोच्च पुगेका थिए। उक्त नियुक्ति विरुद्ध २०७७ पुस १ गते र त्यसपछि १४ थान रिट दायर भएका थिए। उक्त रिटहरुमा लामो समयदेखि पेसी तोकिने तर सुनुवाइ नहुने हुँदै आएको थियो।

बिज्ञापन

अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता डा दिनेश त्रिपाठी, समृत खरेल, अधिवक्ता कीर्तिनाथ शर्मा पौडेल लगायतले दायर गरेको रिटमा यसअघि २०७८ चैत ९ गते कारण देखाऊ आदेश जारी भएको थियो भने २०७९ असार ८ गतेको आदेशमा सबै मुद्दालाई लगाउमा राख्ने र सबै विपक्षीलाई जानकारी दिने आदेश भएको थियो ।त्यसैगरी २०७९ साउन ११ गतेको पेसीमा म्याद बुझाउन नसकिएका पदाधिकारीलाई म्याद बुझाउने आदेश भएको थियो भने २०७९ फागुन ३ गते उक्त रिट हेर्न नभ्याउनेमा परेको थियो । त्यसपछि २०८० भदौ २७ र मङ्सिर २० गतेको पेसीमा पनि ती रिटहरू हेर्न नभ्याउनेमा परेको थियो ।

बिज्ञापन

यस्तै अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको भए भने इजलाश गठन नहुँदा आज पनि सुनुवाई नहुने भएको हो । इजलास नै स्थगित भएपछि संवैधानिक नियुक्तिसम्बन्धी रिट पुन स्थगित भएको सर्वाेच्च प्रशासनले जनाएको छ ।

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुनविपरीत गृहजिल्लाको सिडिओ बनेकी स्किमको चुरीफुरी

सहरीमा बेमौसमी सरुवा

कुलिङ पिरियडका कारण प्रधानमन्त्रीबाट हप्की खाएका मन्त्री भन्छन्,निजामती विद्येयकमा ‘कमा र फुलस्टप’ पनि परिवर्तन हुँदैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा, योजना र ठेक्का प्रक्रियामा अनियमितताको आरोप

इजरायलस्थित नेपालीहरूको सुरक्षामा सहयोग गर्ने इजरायली प्रतिबद्धता : वैदेशिक रोजगार विभाग र इजरायली राजदूतबीच वार्ता

उपसचिव र नासु अख्तियारको नियन्त्रणमा

सेवा निबृत्त कर्मचारीको माग पुरा गर्न पेशागत महासंघको आग्रह

बिशेष