६ करोडको मेसिन १० करोडमा खरिद

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मधेश प्रदेश अन्तर्गतको आपूर्ति ब्यवस्थापन शाखाबाट  उपकरण खरिदमा भएको अनियमिमतता प्रकरण अहिले चर्चामा छ ।

बिज्ञापन

मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयमातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ६ करोड पर्ने सीटी स्क्यान मेसिन १० करोडमा खरिद गर्न लागेको पाइएको छ । आपूर्ति केन्द्रले सर्लाही र सिरहाका लागि सीटी स्क्यान मेसिन खरिद गर्न लागेको हो ।

बिज्ञापन

सामान्यतया चलनचल्तीको मूल्यमा एउटा सीटी स्क्यान मेसिनको बजार मूल्य ६ करोड रुपैयाँसम्म पर्ने भए पनि एउटा मात्र कम्पनीले किन्न पाउने गरी टेन्डर आह्वान गरेर १०-१० करोडका दुईवटा उपकरण खरिद गर्न खोजिएको व्यवसायीहरुको दाबी छ ।

केन्द्रले काठमाडौंस्थित ‘हस्पिटेक’ कम्पनीले मात्रै भर्न मिल्ने गरी टेन्डर आह्वान गरेको भन्दै अन्य आपूर्ति कम्पनीले आपत्ति जनाएका छन् । उनीहरुले मुख्यमन्त्रीको कार्यालय तथा सार्वजनिक लेखा समितिमा निवेदन दर्ता गराउँदै टेन्डरको छानबिन र कारबाहीका लागि माग गरेका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कानुनविपरीत गृहजिल्लाको सिडिओ बनेकी स्किमको चुरीफुरी

सहरीमा बेमौसमी सरुवा

कुलिङ पिरियडका कारण प्रधानमन्त्रीबाट हप्की खाएका मन्त्री भन्छन्,निजामती विद्येयकमा ‘कमा र फुलस्टप’ पनि परिवर्तन हुँदैन

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रमुख प्रशासकीय अधिकृत श्रीवास्तव अख्तियारको नियन्त्रणमा, योजना र ठेक्का प्रक्रियामा अनियमितताको आरोप

इजरायलस्थित नेपालीहरूको सुरक्षामा सहयोग गर्ने इजरायली प्रतिबद्धता : वैदेशिक रोजगार विभाग र इजरायली राजदूतबीच वार्ता

उपसचिव र नासु अख्तियारको नियन्त्रणमा

सेवा निबृत्त कर्मचारीको माग पुरा गर्न पेशागत महासंघको आग्रह

बिशेष